Gyanmandu.com

Gyanmandu LOGO

Reliable

ताजा

Landing Page, Road Block Admana

Global IME Bank

ad mana

एक हप्ताकाे अवधिमा वाणिज्य बैङ्कहरूकाे निक्षेपमा २८ अर्बकाे गिरावट


ज्ञानमाण्डू। श्रावण ६ गते र श्रावण १३ गतेको अवधिमा वाणिज्य बैंकहरुमा २८ अर्बले निक्षेप घटेकाे छ । नेपाल बैंकर्स एसोसिएशनले प्रदान गरेकाे तथ्याङ्क अनुसार श्रावण १३ गते सम्म वाणिज्य बैङ्कहरूमा ४४ खर्ब ५० अर्ब निक्षेप पुगेकाे थियाे भने साेही अवधिसम्म वाणिज्य बैंकहरुले ४१ खर्ब ६४ अर्ब कर्जा प्रवाह गरेका थिए । तर समिक्षा अवधिमा कर्जा प्रवाहमा भने १ अर्बकाे गिरावट आएको थियो।

त्यस्तै असार मसान्त र श्रावण १३ काे तुलनामा वाणिज्य बैङ्कहरूकाे निक्षेपमा भने ९१ अर्बकाे गिरावट देखिएको थियाे भने साेही अवधिसम्म कर्जा प्रवाहमा भने ११ अर्बकाे गिरावट आउँदा औसतमा कर्जा-निक्षेप अनुपात (सिडी रेसियो) ८७.९८ प्रतिशत कायम भएकाे थियाे। असार मसान्तसम्म वाणिज्य बैङ्कहरूको निक्षेप ४५ खर्ब ४१ अर्ब पुगेकाे थियाे भने कर्जा रकम ४१ खर्ब ७५ अर्ब थियो ।

श्रावण १३ गते वाणिज्य बैङ्कहरूकाे कुल निक्षेपमा ४३ खर्ब ४३ अर्ब स्वदेशी मुद्रा र १ खर्ब ७ अर्ब विदेशी मुद्रा रहेकाे छ भने कर्जा प्रवाह तर्फ गर्दा ४१ खर्ब ३३ अर्ब स्वदेशी मुद्रामा र ३१ अर्ब विदेशी मुद्रामा कर्जा प्रवाह भएको देखिन्छ।

Ad Below News Title

Ad Inside News Content2

Admana

Energy Line

slc share training

below content