Gyanmandu.com

Gyanmandu LOGO

Reliable

ताजा

Landing Page, Road Block Admana

Global IME Bank

ad mana

नेशनल हाइड्रो पावर कम्पनीले आज विशेष साधारण सभा गर्दै

National Hydro Power Company Limited

ज्ञानमाण्डू। नेशनल हाइड्रो पावर कम्पनी लिमिटेडले भदाै १० गते (आज) विशेष साधारण सभा गर्दै छ। कम्पनीले विशेष साधारण सभा डेलिश ओपेरा रेष्ट्रो एण्ड बैंक्वेट बालुवाटार, काठमाडौंमा बिहान ११:०० बजे देखि आरम्भ हुने जानकारी दिएको छ।

सभाले बोनश शेयर वितरण र सुनकोशी हाइड्रो पावर कम्पनी लि.को प्राप्ति पश्चात कायम हुन आउने चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद शेयर जारी गर्न स्वीकृति प्रदान गर्नेछ।

हकप्रद शेयर र सुनकोशी हाइड्रो पावर कम्पनी लि.को प्राप्तिको कारणले कम्पनीको पूँजी वृद्धि हुने भएको हुनाले कम्पनीको प्रबन्धपत्रको संशोधन गर्नेछ र साथै अन्य प्रस्तावहरु छलफल सहित पारित गर्ने कम्पनीले जनाएको छ ।

कम्पनीले साधारण सभाको प्रयोजनको लागि भदाै २ गते एक दिनको लागि बुक क्लोज गरिसकेकाे छ। सो आधारमा भदाै १ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन सक्नेछन् ।

Ad Below News Title

Ad Inside News Content2

Admana

Energy Line

slc share training

below content