Gyanmandu.com

Gyanmandu LOGO

Reliable

ताजा

Landing Page, Road Block Admana

Global IME Bank

ad mana

धितोपत्र बजारमा ३.७६ अंकको वृद्धि, नेप्से परिसूचक १९९३.०२ को विन्दुमा


ज्ञानमाण्डू। धितोपत्र बजारमा आज शेयर कारोवार मापक नेप्से परिसूचक एकल अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ३ दशमलव ७६ अंकले बढेर १९९३ दशमलव ०२ को विन्दुमा कायम भएको छ । यस्तै सेन्सेटिभ परिसूचक १ दशमलव ७६ अंकले बढेर ३८७ दशमलव ४६ को विन्दुमा पुगेको छ ।


आज कूल २२२ कम्पनीका ३४ लाख ४० हजार ९०० कित्ता शेयर रु १ अर्ब २६ करोड ६६ लाख १९ हजार १५० मा खरिद बिक्री भए ।


कारोबार भएका कूल १३ उपसमूह मध्य बैंकिङ उपसमूह शुन्य दशमलव १५ अङ्कले, लघुवित्त उपसमूह ३.९८ अङ्कले, सामूहिक लगानी कोष शुन्य दशमलव १६ अङ्कले र लगानी उपसमूह शुन्य दशमलव ३८ अङ्कले घटेका छन्। यता, ट्रेडिङ उपसमूह १७ दशमलव १४ अङ्कले बढ्दा होटल तथा पर्यटन उपसमूह ३५.३८ अङ्कले, विकास बैंक उपसमूह २८.१३ अङ्कले, जलविद्युत उपसमूह ६.९२ अङ्कले, वित्त उपसमूह ३१.५४ अङ्कले, निर्जीवन बीमा ७.०९ अङ्कले, उत्पादन उपसमूह ४०.५५ अङ्कले, अन्य उपसमूह ६.९३ अङ्कले र जीवन बीमा उपसमूह ४३.१२ अङ्कले बढेका छन्।


Ad Below News Title

Ad Inside News Content2

Admana

Energy Line

slc share training

below content