Gyanmandu.com

Gyanmandu LOGO

Reliable

ताजा

Landing Page, Road Block Admana

Global IME Bank

ad mana

प्राइम कमर्सियल बैङ्कको नाफा ३ अर्ब ६८ करोड, लाभांश दिन सक्ने क्षमता कति ?

prime commercial bank


ज्ञानमाण्डू। प्राइम कमर्सियल बैङ्कको नाफा १२.६३ प्रतिशतले बढेको छ । आ.व. २०७७/७८ को चाैथाे त्रैमास सम्ममा बैङ्कले ३ अर्ब २६ करोड रुपैयाँ नाफा कमाएको थियो भने आ.व. २०७८/७९ को चाैथाे त्रैमास सम्ममा बैङ्कले ३ अर्ब ६८ करोड रुपैयाँ नाफा कमाएको देखिन्छ ।

१८ अर्ब ६५ करोड रुपैयाँ चुक्ता पुँजी रहेको प्राइम कमर्सियल बैङ्कले १ खर्ब ६० अर्ब रुपैयाँ निक्षेप सङ्कलन गरी १ खर्ब ४८ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ भने बैङ्ककाे जगेडा कोषमा ६ अर्ब ५० करोड रुपैयाँ र सञ्चित मुनाफा २ अर्ब ३९ करोड रुपैयाँ रहेको छ ।
बैङ्कको व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी ८.९२ प्रतिशतले बढेर ६ अर्ब ४७ करोड रुपैयाँ पुगेको छ । त्यस्तै बैङ्ककाे वितरण योग्य मुनाफा २ अर्ब ३४ करोड रुपैयाँ रहेको छ । उक्त वितरण योग्य मुनाफाकाे आधारमा प्राइम कमर्सियल बैङ्कले आफ्ना शेयरधनिहरूलाई १२.५७ प्रतिशत लाभांश दिन सक्ने क्षमता बनाएको देखिन्छ।

बैङ्कको निष्क्रिय कर्जा अनुपात १.४ प्रतिशत र प्रतिशेयर आम्दानी १९ रुपैयाँ ७३ पैसा छ भने प्रतिशेयर नेटवर्थ १४७ रुपैयाँ ६९ पैसा छ र पछिल्लाे काराेबार मूल्य रू २६१ काे आधारमा मूल्य आम्दानी अनुपात १३.२२ गुणा रहेकाे छ ।

Ad Below News Title

Ad Inside News Content2

Admana

Energy Line

slc share training

below content