Gyanmandu.com

Gyanmandu LOGO

Reliable

ताजा

Landing Page, Road Block Admana

Global IME Bank

ad mana

बिजबजारकाे भाद्र महिना अन्तर्गतको भारी छुट सहितको "२० मा Biz" नामक Campaign | Bizbazar

bizbazar

ज्ञानमाण्डू। नेपालका साना तथा मझौला उद्यमहरू (SMEs) लाई बढवा दिँदै नेपाली ट्रेडलाई डिजिटाइज गर्ने लक्ष्यका साथ ‘जे चाहिन्छ, त्यही पाइन्छ’ भन्ने नारा सहित सञ्चालनमा रहेको ई–कमर्स प्लेटफर्म बिजबजारले रोमाञ्चक र आकर्षक योजनाहरू एवं विविध उपहारहरूका साथ प्रत्येक महिनाको २० गते सञ्चालन गर्ने "२० मा BIZ" नामक Campaign अन्तर्गतको भाद्र महिनाको Campaign भाद्र १९ गते राती १२ बजे देखि २० गते सम्म live गर्ने भएको छ भने  Campaign का केहि याेजनाहरू भाद्र २२ गते सम्म live हुने कम्पनीले बताएकाे छ ।

यही भाद्र २० गतेका दिन बिजबजारले अपराह्न ६ बजे देखि राति ८ बजेसम्म आफ्नो आधिकारिक फेसबुक पेजबाट प्रत्यक्ष प्रसारण गरी विभिन्न मनोरञ्जनात्मक क्रियाकलाप सञ्चालन गर्ने जनाएको छ जहाँ भाग्यशाली सेवाग्राहीहरू तथा विजेताहरूले विभिन्न आकर्षक उपहारहरू जित्न सक्नेछन्।

सेवाग्राहीहरूले विभिन्न सामानहरू खरिद गर्दा यस Campaign अन्तर्गतको Exclusively Mahaboudha याेजनामा ७५ प्रतिशत सम्म, बिजुलीकाे बजार याेजनामा ७० प्रतिशत सम्म र घरकाे Essentials याेजनामा ६५ प्रतिशत सम्म छुट सहित अन्य आकर्षक अफरहरू प्राप्त गर्न सक्नेछन् भने यो कहाँ पर्याे अन्तर्गत खेलका विजेता सेवाग्राहीहरूले आफूले मगाएको सामानमा निःशुल्क डेलिभरी समेत प्राप्त गर्न सक्नेछन्।

२० मा BIZ का लागि कम्पनीद्वारा निर्धारित सेवा तथा सर्तहरू लागु हुने कुरा कम्पनीले जनाएको छ।

साना तथा मझौला उद्योग व्यवसायहरूलाई डिजिटल माध्यमबाट बजारसँग जोडी डिजिटल माध्यमबाटै व्यवसायको अभिवृद्धि र सेवाग्राहीहरूको आवश्यकता पूर्ति गर्न यो Campaign प्रभावकारी हुने विश्वास कम्पनीले लिएकाे छ।

एन्ड्रोइड फोन प्रयोगकर्ताहरूले गुगल प्ले स्टोरमा गएर तुरुन्तै र सजिलै ‘Bizbazar Online Shopping App’ एप डाउनलोड गर्न सक्नेछन् भने ल्याप–टप वा डेस्क–टपबाट बिजबजारकाे अनलाइन सपिङ्ग सेवा लिन चाहेमा सिधै www.bizbazar.com.np टाइप गरेर पनि याे सेवा लिन सकिनेछ ।


Ad Below News Title

Ad Inside News Content2

Admana

Energy Line

slc share training

below content