Gyanmandu.com

Gyanmandu LOGO

Reliable

ताजा

Landing Page, Road Block Admana

Global IME Bank

ad mana

सुनको मूल्यमा वृद्धि, चाँदी तोलाको कति ?



ज्ञानमाण्डू। नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार भदाै २१ गते, मङ्गलबारका दिन छापावाला सुनको मूल्य तोलाको ९४ हजार रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९३ हजार ५ सय रुपैयाँ तोकिएको छ ।
अघिल्लो कारोबारी दिन अर्थात साेमबार भदाै २० गतेका दिन, छापावाला सुन प्रतितोला ९३ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो भने तेजाबी सुन प्रतितोला ९३ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

मङ्गलबार सुनको मूल्यमा वृद्धि हुँदा चाँदीको मूल्य पनि उकालो लागेको महासंघले जनाएको छ । नेपाली बजारमा आज चाँदी प्रतितोला १ हजार १ सय २५ रुपैयाँमा किनबेच हुँदैछ । अघिल्लो कारोबारी दिन साेमबार, नेपाली बजारमा चाँदी प्रतितोला १ हजार १ सय १५ रुपैयाँमा कारोबार भएको थियो । आज चाँदी तोलामा १० रुपैयाँले बढेको देख्न सकिन्छ ।

Ad Below News Title

Ad Inside News Content2

Admana

Energy Line

slc share training

below content