Gyanmandu.com

Gyanmandu LOGO

Reliable

ताजा

Landing Page, Road Block Admana

Global IME Bank

ad mana

नबिल बैंक र दराज बीच दशैं धमाका महोत्सवका लागि सम्झौता



ज्ञानमाण्डू। नबिल बैंक र दराज बीच “दराज दशैं धमाका“ महोत्सवका लागि सम्झौता भएको छ । नबिलले नजिकिदैं गरेको नेपालीहरुको महान पर्व दशैंलाई ध्यानमा राखी यहि आउँदो भाद्र २९ गतेबाट दराजबाट किनमेल गर्दा नबिल कार्ड वाहकहरुलाई आकर्षक छुटको व्यवस्था गरेको छ ।

दराज दशैं धमाकाको अवधिमा अनलाइन सामान खरिद गर्दा नबिलको डेबिट कार्ड मार्फत अग्रिम भुक्तानीमा अधिकतम १५५ वा रु २,००० सम्मको छुट र क्रेडिट कार्ड मार्फत अग्रिम भुक्तानीमा अधिकतम २०५ वा रु २,५०० सम्मको छुट प्राप्त गर्न सक्नेछन् । उक्त छुट प्राप्त गर्नको लागि ग्राहकहरुले आफ्नो कार्ड ई–कमर्सको लागि सक्रिय गर्नु पर्ने कम्पनीले जनाएकाे छ ।

दराज दशैं धमाका २०७९ का लागि नबिलका तर्फबाट बैंकका रिटेल कारोबार प्रमुख निरज शर्मा र दराजका तर्फबाट अरुण फुयालले हस्ताक्षर गर्नुभएकाे थियाे । रिटेल कारोबार प्रमुख शर्माले यो सहकार्य आफैमा एउटा उत्सव भएको र आफ्ना ग्राहकहरुलाई आउँदै गरेको दशैंको शुभकामना रहेको बताउनुभएकाे छ । यस महोत्सवले दराज साथै नबिल कार्ड वाहाक माझ छुट्टै उत्साह थपिने कुरामा आफु विश्वस्त रहेको दराजका अरुण फुयालले बताउनुभयाे ।

नबिल बैंक निजि क्षेत्रको अग्रणी बैंक रहेकाे र यसका देश भरी २३३ शाखाहरु र २६९ एटिएम काउण्टरहरु रहेका छन् । देशको पहिलो डिजिटल बैंक बन्ने उद्देश्यले हालै नबिल बैंकले नबिल डिजी बैंकको स्थापना गरेको छ । साथै यसले नेपालको बैंकिङ्ग विकासको ईतिहासमा कोसेढुङ्गाको रुपमा काम गर्दै आएको छ र यसले ग्राहकको सन्तुष्टि सहित आधुनिक बैंकिङ्ग युगको शुरुवात गर्दै आफ्नोे व्यवसायलाई ग्राहकहरुको उच्च सन्तुष्टि प्रदान गर्ने तर्फ केन्द्रित गरेको बैंकले जनाएकाे छ ।

Ad Below News Title

Ad Inside News Content2

Admana

Energy Line

slc share training

below content