गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको शेयर आगामी आइतबारदेखि दोस्रो बजारमा कारोबार सुरु हुने भएको छ।
आइतबारदेखि गार्डियन माइक्रो लाइफको शेयर दोस्रो बजारमा कारोबार हुने

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आज कम्पनीको साधारण शेयर सूचीकृत भएको छ। नेप्सेमा कुनै पनि कम्पनी सूचीकृत भएको दोस्रो दिनबाट शेयर कारोबार सुरु हुने प्रावधान रहेको छ। तर, शुक्रबार सार्वजनिक बिदा भएकाले गार्डियन माइक्रो लाइफको शेयर अब आइतबारदेखि मात्रै खरिदबिक्रीका लागि खुल्नेछ।
कुल ७५ लाख कित्ता शेयर नेप्सेमा सूचीकृत भएका छन्, जसमा संस्थापकतर्फ ५२ लाख ५० हजार कित्ता तथा वैदेशिक रोजगारमा रहेका नेपाली, सामूहिक लगानी कोष र कर्मचारीसमेतको २२ लाख ५० हजार कित्ता शेयर समावेश छन्।
