माघसम्म नेपाल लाइफको सर्वाधिक व्यापार, १० अर्ब माथि व्यापार गर्ने ३ कम्पनी

जीवन बीमा कम्पनीहरूले माघ महिनासम्म ८६ अर्ब ९२ करोड बीमा शुल्क आर्जन गरेका छन् । १७ वटा जीवन बीमा कम्पनीहरूले १६ अर्ब १५ करोड प्रथम बीमा शुल्क, ७० अर्ब ७७ करोड नवीकरण बीमा शुल्क गरेर सो बीमा शुल्क आर्जन गरेका हुन् ।

माघ महिनामा मात्र कम्पनीहरूले १२ अर्ब ६७ करोड बीमा शुल्क आर्जन गरेका छन् जसमा २ अर्ब ३१ करोड प्रथम बीमा शुल्क र १० अर्ब ३६ करोड नवीकरण बीमा शुल्क रहेको छ ।


प्रथम बीमा शुल्क वृद्धि हुन सकेन, नवीकरण बीमा शुल्क बढ्यो
नेपाल बीमा प्राधिकरणको तथ्याङ्क अनुसार पुष महिनामा जीवन बीमा कम्पनीहरूले १२ अर्ब ४८ करोड कुल बीमा शुल्क आर्जन गरेका थिए भने माघ महिनामा  केही वृद्धि हुँदै १२ अर्ब ६७ करोड पुगेको छ । 

प्रथम बीमा शुल्क भने पुष महिनाको तुलनामा घटेको छ । पुष महिनामा २ अर्ब ८५ करोड प्रथम बीमा शुल्क आम्दानी गरेका कम्पनीले माघ महिनामा २ अर्ब ३१ करोड प्रथम बीमा शुल्क आर्जन गरेका छन् । नवीकरण बीमा शुल्कमा वृद्धि हुँदा कुल बीमा शुल्क आम्दानीमा वृद्धि देखिएको हो । पुषमा नवीकरण बीमा शुल्क ९ अर्ब ६२ करोड रहेकोमा माघमा १० अर्ब ३६ करोड पुगेको छ ।

नेपाल लाइफको सर्वाधिक व्यापार :
माघ महिनासम्मको तथ्याङ्कलाई हेर्दा नेपाल लाइफले सर्वाधिक बीमा शुल्क आम्दानी गरेको छ । ७ महिनामा नेपाल लाइफले २३ अर्ब २० करोड बीमा शुल्क आम्दानी गरेको छ । त्यस्तै दोस्रोमा एलआईसी नेपालले १० अर्ब १४ करोड बीमा शुल्क आम्दानी गरेको छ भने तेस्रोमा नेशनल लाइफले १० अर्ब ५ करोड बीमा शुल्क आम्दानी गरेको छ ।

माघ महिनासम्म बीमा शुल्क आम्दानीको अवस्था (७ महिना) :

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बीमा सूचना

ad x