ग्लोबल मनी विक –२०२४’ अन्तर्गत प्रभु बैङ्कले गर्‍यो विभिन्न वित्तीय कार्यक्रम

प्रभु बैङ्क लिमिटेडले 'Protect your money, secure your future' भन्ने नाराका साथ ‘ग्लोबल मनी विक–२०२४’ अन्तर्गत विभिन्न स्थानहरूमा वित्तीय साक्षरता कार्यक्रम २०८० चैत्र ०५ गते देखी आरम्भ भई मिति २०८० चैत्र ११  मा सम्पन्न भएको छ । बैङ्कले आफ्ना विभिन्न शाखा मार्फत विभिन्न स्थानहरूमा साताव्यापी अभियानलाई सफल तुल्याउनका निम्ति वित्तीय साक्षरता, साईकल –र्‍याली, बालबालिका र युवालक्षित चेतनामूलक कार्यक्रमहरू तथा प्रभात फेरी आयोजना गरेको जनाएको छ ।

बैङ्कले 'Protect your money, secure your future' भन्ने विषयवस्तुमा केन्द्रित भई विभिन्न समुदाय,महिला र बालबालिका, स्कुल तथा कलेजहरूमा आधुनिक बैंकिङ्ग (आर्थिक कारोबार बैङ्क तथा वित्तीय संस्थाबाट मात्र गरौँ), बचत, ऋण, लगानी, विद्युतीय बैंकिङ्ग सेवा र यसमा अपनाउनुपर्ने सावधानीहरू समावेश गरी वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको बताएको छ । बैङ्कले आफ्नो आधिकारिक सामाजिक सञ्जालबाट समेत सो सम्बन्धमा सचेतना अभिवृद्धि गर्दै आएको छ । अज्ञात स्रोतबाट प्राप्त लिङ्क कतै नखोल्न, संवेदनशील विवरण शेयर नगर्न, डिजिटल ठगीबाट सुरक्षित रहन समेत विभिन्न सूचनाहरू सम्प्रेषण गर्दै आएको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बैङ्कले सातै प्रदेश अन्तर्गत वित्तीय साक्षरता कार्यक्रम अगाडी बढाएको छ ।

बैङ्कले आफ्ना लो घेकर दामोदर कुण्ड, हरि चोक, लोमान्थ्याङ, काकरभिट्टा, रौतामाई, मंगला, चोरमारा, धौलागिरी, माछापुच्छ«े, मझगवा, सन्दकपुर, विरेन्द्रबजार, काठेखोला, मुक्तिनाथ, बरेङ, रघुगंगा, मुर्गिया, पाल्पा, बज्रबाराही, कुश्मा, परोहा, भण्डारा, बारपाक, बारादी, तिनपैनी, विरेठाटी, मनाङ, भिमाड, बेनी, टिकापुर, बुर्तिबाङ, जुम्ला खलँगा, निजगढ, नयाँरोड, गौशाला, कटारी, गौर, भरतपुर, चतरा, जोमसोम, वालिङ, चेपेटार, भिमफेदी, लामीडाँडा, बडीगाड, हलेशी, तामानखोला, मलारानी, रानीबास, बासगढी, गोपीगंज, पदमपुर, लम्की, ओखलढुंङ्गा, नारायणगढ, लालबन्दी, कुरिनटार, बटार, गोडाइटा, गाईघाट, दामन, मनहरी, मलंगवा, बरथवा, पालुङटार, विरगंज, साफेबगर, बिहाडी, लिवाङ, बयलबास, हतुवागढी, बर्दिवास, दोलालघाट, भोजपुर, चन्द्रनिगाहापुर, ताराखोला, खाँदबारी, जनकपुर, तौलिहवा, तालचोक, फुङ्गलिङ, बरियापट्टी, अमरसिंह चोक, ग्रामथन, डुम्रे, निसिखोला, इनरुवा, प्याउली, प्रगतीनगर, पथरी, सन्दीखर्क, चन्द्रगढी, महेन्द्रनगर, अमुवा, लायन्सचोक, बाझपाटन, गुलेरिया, पर्सा, रुकुम, श्रीनगर, फिदिम, विजयनगर, गरुडा, शान्तिपुर, डिमुवा, मनिग्राम, दमक, विराटनगर, धाकदही, बर्दघाट, खर्पूनाथ, लुम्बिनि, कोहलपुर, गोर्खा, बगर, लमही, दिक्तेल, गलकोट, एकडारा, विरौटा, पोखरा, इटहरी, घोराही, मुखियापट्टी, बेशीशहर, बाग्लुङ, तमघास, भैरहवा, धनगढी, बिर्तामोड, अमरपथ लगायतका शाखा सञ्जालहरूबाट 'Protect your money, secure your future' भन्ने नाराका साथ कार्यक्रम गरेको कुरा जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x