लक्ष्मी सनराइज बैङ्कको नाफामा २७.७० प्रतिशतको वृद्धि, अन्य सूचक कस्ता ?

लक्ष्मी सनराइज बैङ्कको नाफा २७.७० प्रतिशतले बढेको छ । आ.व. २०७९/८० को तेस्रो त्रैमास सम्ममा बैङ्कले १ अर्ब २६ करोड रुपैयाँ नाफा कमाएको थियो भने आ.व. २०८०/८१ को तेस्रो त्रैमास सम्ममा बैङ्कले १ अर्ब ६१ करोड रुपैयाँ नाफा कमाएको छ । खुद ब्याज आम्दानी वृद्धि हुँदा नाफा बढेकाे देखिन्छ ।

२३ अर्ब १८ करोड रुपैयाँ चुक्ता पुँजी रहेको लक्ष्मी सनराइज बैङ्कले ३ खर्ब ११ अर्ब रुपैयाँ निक्षेप सङ्कलन गरी २ खर्ब ४९ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ भने जगेडा कोषमा १७ अर्ब ८४ करोड रुपैयाँ रहेको छ  भने यता, सञ्चित मुनाफा १ अर्ब २४ करोड रुपैयाँले ऋणात्मक रहेको छ ।

बैङ्कको व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी १०३.४९ प्रतिशतले बढेर ८ अर्ब ५३ करोड रुपैयाँ पुगेको छ । त्यस्तै बैङ्कको वितरण योग्य मुनाफा १ अर्ब २४ करोड रुपैयाँले ऋणात्मक रहेको छ ।

बैङ्कको प्रतिशेयर आम्दानी ९ रुपैयाँ २९ पैसा छ भने प्रतिशेयर नेटवर्थ १७१ रुपैयाँ ५९ पैसा र पछिल्लो कारोबार मूल्य रु १५० रुपैयाँ ९० पैसाको आधारमा मूल्य आम्दानी अनुपात १६.२४ गुणा रहेको छ ।

बैङ्कको निष्क्रिय कर्जा अनुपात  बढेर ५.४९ प्रतिशत कायम हुँदा इम्पेरमेन्ट चार्ज वृद्धि भई ४ अर्ब रुपैयाँ पुगेको छ भने १ अर्ब ६१ करोड रुपैयाँ बराबरको ब्याज रकम असुल हुन बाँकी देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x