दमक नगरपालिकाद्वारा १४ करोड बढी राजस्व सङ्कलन


दमक नगरपालिकाले चालु आर्थिक वर्षको १० महिनामा रु १४ करोड २४ लाख २० हजार एक सय ३२ राजस्व सङ्कलन गरेको छ ।

नगरपालिकाले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा रु दुई करोड ५१ लाख ६३ हजार नौ सय ७३ रकम बढी राजस्व सङ्कलन गरेको हो । गत आवको १० महिनामा दमक नगरपालिकाले रु ११ करोड ७२ लाख ५६ हजार एक सय ५९ रकम राजस्व सङ्कलन गरेको थियो ।

नगरपालिकाका सूचना अधिकारी समीप चुडालले चालु आवमा रु २१ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकामा वैशाख मसान्तसम्ममा ६८ प्रतिशत राजस्व सङ्कलन गरिएको राससलाई जानकारी दिनुभयो । “चालु आवको दुई महिनामा राजस्व सङ्कलनको बाँकी ३२ प्रतिशत रकम उठाउने लक्ष्य भेट्टाउन कठिन छ”, उहाँले भन्नुभयो ।

दमक नगरपालिकाले विभिन्न २६ शीर्षकमा राजस्व सङ्कलन गर्दै आन्तरिक आय गर्दै आएको छ । नगरपालिकाले हालसम्म सम्पत्ति करबापत रु दुई करोड नौ लाख, कृषि तथा पशुजन्य वस्तुको व्यावसायिक कारोबारमा लाग्ने दस्तुरबापत रु एक करोड ६० लाख रकम सङ्कलन गरेको सूचना अधिकारी चुडालले बताउनुभयो । नगरपालिकाले चालु आवको वैशाखसम्ममा मालपोत कर रु एक करोड ६४ लाख, सम्पत्ति कर रु एक करोड ५५ लाख, नक्सा पास दस्तुर रु एक करोड ६० लाख, बहाल करबापत रु एक करोड १८ लाख बढी सङ्कलन गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x