भास्कर आई केयर एण्ड ग्लौकोमा सेन्टर प्रा लि (BEGCPL)र प्रभु बैङ्कबिच विशेष छुट सम्झौता

प्रभु बैङ्क लिमिटेडका ग्राहक तथा कर्मचारीहरूलाई विराटनगर–७,मोरङ स्थित भास्कर आई केयर एण्ड ग्लौकोमा सेन्टर प्रा लि (BEGCPL)ले अन्तरङ्ग तथा बहिरङ्ग सेवामा ओपिडी सर्जरी, शल्यक्रिया , पावर चस्मा , औषधी खर्च तथा अन्य सेवाहरूमा विशेष छुट प्रदान गर्न दुई पक्षीय समझदारी भएको छ ।

एक समारोहका बिच भास्कर आई केयर एण्ड ग्लौकोमा सेन्टर प्रा लि (BEGCPL)का सञ्चालन निर्देशक भास्कर कुमार झा र प्रभु बैङ्कका कोशी प्रदेश का प्रमुख व्यापार केन्द्र अधिकृत बद्री कुमार कटवालले समझदारी ज्ञापन पत्र(MOU)मा हस्ताक्षर गर्नुभयो ।

छुट सुविधा प्राप्त गर्नका लागि बैङ्कका ग्राहकहरूले प्रभु बैङ्क लिमिटेडको मान्य डेबिट कार्ड,क्रेडिट कार्ड तथा प्रिभलेज कार्ड मध्ये कुनै एक भास्कर आई केयर एण्ड ग्लौकोमा सेन्टर प्रा लि (BEGCPL) मा पेस गर्नुपर्ने छ ।

नेपालको निजी क्षेत्रबाट सञ्चालित स्वास्थ्य सेवा प्रदायक भास्कर आई केयर एण्ड ग्लौकोमा सेन्टर प्रा लि (BEGCPL) ले निरन्तर स्तरीय आँखा सम्बन्धित स्वास्थ्य उपचार सेवा प्रदान गर्दै आइरहेको छ । स्वास्थ्यप्रति जागरूक नागरिकहरूका लागि भास्कर आई केयर एण्ड ग्लौकोमा सेन्टर प्रा लि (BEGCPL) मा परामर्श तथा उपचार सेवाहरूमा १०∞ देखि १५∞ सम्मको  छुट व्यवस्था रहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x