आई.एम.ई लाइफ इन्स्याेरेन्सको नाफा १०.४९ प्रतिशतले वृद्धि भएको छ । आ.व. २०८०/८१ को तेस्रो त्रैमास सम्ममा कम्पनीले ३३ करोड १५ लाख नाफा कमाएको थियो भने आ.व. २०८१/८२ को तेस्रो त्रैमास सम्ममा कम्पनीले ३६ करोड ६३ लाख नाफा कमाएको देखिन्छ ।
५ अर्ब रुपैयाँ चुक्ता पुँजी रहेको आई.एम.ई लाइफ इन्स्याेरेन्सको खुद बीमा शुल्क आर्जन १५.६५ प्रतिशतले बढेर ३६ अर्ब ३ करोड रुपैयाँ पुगेको छ ।
कम्पनीको महाविपत्ति कोषमा २२ करोड ९८ लाख रुपैयाँ रहेको छ भने बीमा व्यवसाय भित्र्याउने अभिकर्तालाई ३३ करोड ५९ लाख कमिसन प्रदान गरेको छ । कम्पनीको प्रतिशेयर आम्दानी ९ रुपैयाँ ७७ पैसा छ भने प्रतिशेयर नेटवर्थ १३२ रुपैयाँ ६७ पैसा छ र मूल्य आम्दानी अनुपात ४६.०९ गुणा रहेको छ ।
आईएमई लाइफको नाफा १०.४९% ले वृद्धि, बीमा शुल्क ३६ अर्ब नाघ्यो
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
