लाइफ इन्स्याेरेन्स कर्पाेरेशन (नेपाल) को लाभांश प्रस्ताव, कति दिँदै छ बोनस र नगद ?



लाइफ इन्स्याेरेन्स कर्पाेरेशन (नेपाल) लिमिटेडले शेयरधनीहरूलाई लाभांश  वितरण गर्ने भएको छ । कम्पनीको मिति २०८२ साल वैशाख ३१ गते, बसेको सञ्चालक समितिको १४० औँ बैठकले  गरेको निर्णय अनुसार आ. व. २०८०/०८१ को वितरण योग्य मुनाफाबाट हाल कायम शेयर धनीहरूलाई १०.५२६ प्रतिशतले हुन आउने लाभांश वितरण गर्ने प्रस्ताव अघि बढाएको छ ।

कम्पनीको सञ्चालक समितिको बैठकले आ.व २०८०/०८१ को वितरण योग्य मुनाफाबाट हाल कायम चुक्ता पुँजीको १० प्रतिशतले हुन आउने रकम बराबरको बाेनश शेयर र ०.५२६ प्रतिशतले हुन आउने रकम बराबरको नगद लाभांश (कर प्रयोजनको लागि समेत) वितरण गर्ने कम्पनीले जनाएको छ।

प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणको स्वीकृति र आगामी बस्ने कम्पनीको साधारण सभाले अनुमोदन गरेपश्चात् मात्र वितरण हुने कम्पनीले बताएको छ।

Click here to view the notice.

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बीमा सूचना

ad x