नेपाल राष्ट्र बैङ्कबाट अनुमति पत्र प्राप्त भुक्तानी प्रणाली सञ्चालक संस्था स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड र विगत ८ वर्ष देखि आफ्नो सेवाग्राहीहरूलाई उत्कृष्ट सेवा दिँदै आएको नेपालकै पहिलो एस्थेटिक अस्पताल हेल्थी च्वाइस एस्थेटिक अस्पतालबिच सम्झौता भएको छ । सम्झौताअनुसार एससीटी–युपिआइ कार्ड प्रयोगकर्ताहरूलाई हेल्थी च्वाइस एस्थेटिक अस्पतालमा हुने सम्पूर्ण अफरमा थप ५ प्रतिशतसम्मको विशेष छुट पाउने भएको हो ।
कम्पनीका अनुसार एससीटी–युपिआइ कार्ड प्रयोगकर्ताहरूले यो छुट पाउनका लागि आफ्नो एससीटी–युपिआइ कार्ड मार्फत भुक्तानी गर्नु पर्छ । ग्राहकहरूले पिओएस मार्फत भुक्तानी गर्दा ब्लड टेस्ट, छाला, कपाल, र दन्त प्रक्रियाहरूमा हुने सम्पूर्ण अफरहरूमा थप ५ प्रतिशत छुट पाउनु हुनेछ भने ओपि डि परामर्श, ईमप्लान्ट, प्लास्टिक सर्जरी, कस्मेटिक गाइनोकोलोजी, सर्जिकल प्याकेज, कपाल प्रत्यारोपण,सोर्पानो हेयर रिमुभल प्याकेज र आउटसोर्स सर्भिसेस र उपकरण शुल्कमा हुने सम्पूर्ण अफरहरूमा थप २.५ प्रतिशत छुट पाउन सक्ने कम्पनीले जनाएको छ ।
एससीटीको हाल सदस्यहरू ५ ’क’ वर्गका बैङ्क, ६ ’ख’ वर्गका बैङ्क, ११ ’ग’ वर्गका बैङ्क र १००+ सहकारी संस्थाहरू रहेका छन् । ग्राहकहरूको स्वास्थ्यलाई मध्यनजर राखेर एससीटी र हेल्थी च्वाइस एस्थेटिक अस्पतालले ल्याएको यो अफरले माथि उल्लेखित बैङ्कहरूबाट एससीटी–युपिआइ कार्ड लिनुभएका ग्राहकहरूलाई पूर्ण फाइदा लिन दुवै पक्षबाट प्रोत्साहित गरिएको छ ।
एससीटी–युपिआइ कार्ड नहुने ग्राहकहरूले पनि यस अफरमा सहभागी हुनलाई आफ्नो नजिकैको एससीटीसँग आबद्ध बैङ्कमा गएर सजिलै एससीटी युपिआइ कार्ड लिन सक्ने कम्पनीले जनाएको छ ।
एससीटी–युपिआइ कार्ड धारकलाई हेल्थी च्वाइस अस्पतालमा विशेष छुट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%

प्रतिकृया दिनुहाेस्
सम्बन्धित शिर्षक
Directories

Nepal Telecom
01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited
+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en