नेपाल राष्ट्र बैङ्कको नयाँ गभर्नरमा डा. विश्व पौडेल नियुक्त

नेपाल राष्ट्र बैङ्कको अठारौँ गभर्नरको रूपमा डा. विश्व पौडेल नियुक्त हुनुभएको छ। मङ्गलवार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले उहाँको नियुक्तिको निर्णय गरेको हो। उक्त निर्णयको जानकारी सरकारका प्रवक्ता तथा सञ्चार मन्त्री पृथ्वी सुब्बा गुरुङले दिनुभएको हो ।

पूर्वराष्ट्रिय योजना आयोगका उपाध्यक्षसमेत रहनुभएका डा. पौडेल सिफारिस समितिका सदस्य हुनुहुन्थ्यो। नेपाली काँग्रेसको सिफारिसमा अघि सारिनुभएका पौडेललाई अनुभवी नीति विश्लेषकका रूपमा चिनिन्छ। अब उहाँले राष्ट्र बैङ्कको नेतृत्व सम्हाल्ने जिम्मेवारी पाउनुभएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x