पोखरा महानगरपालिका, वडा नं ३१, बेगनासताल, कास्की स्थित होटेल हिमालय सेरेन भ्यु र प्रभु बैङ्क लिमिटेड बिच बैङ्कका ग्राहक तथा कर्मचारीहरूलाई उल्लेखित होटेलमा पाइने खाना, पेय पदार्थ तथा आवास सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।
प्रभु बैङ्कका कर्मचारी र कर्मचारीका परिवारजन तथा ग्राहकहरूले खाना र पेय पदार्थमा १०% साथै आवास सुविधामा १५% छुट पाउने भएका छन् । सो छुट सेवा सुविधा होटेल हिमालय सेरेन भ्यु मा प्राप्त गर्न सकिनेछ । उक्त सम्झौता पत्रमा होटेल हिमालय सेरेन भ्युका तर्फबाट प्रोप्राइटर अनिल ढकाल तथा प्रभु बैङ्क लि.का तर्फबाट ताल चोक शाखा प्रबन्धक प्रकाश पौडेल को संयुक्त हस्ताक्षर बिच सम्पन्न भयो ।
होटेल हिमालय सेरेन भ्यु र प्रभु बैङ्क लि.बिच विशेष छुट सम्झौता

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
