नेपाल राष्ट्र बैङ्कबाट अनुमति पत्र प्राप्त भुक्तानी सेवा प्रदायक संस्था मध्ये नेपालको पहिलो डिजिटल वालेट आइएमई पे र खल्तीलाई मर्जरका लागि अन्तिम स्वीकृति पत्र प्रदान गरिएको छ । नेपालको इतिहासमै दुई ठुला डिजिटल वालेट एक भएर एकीकृत कारोबार हुन लागेको यो नै पहिलो पटक हो । नेपालमा डिजिटल कारोबारको इतिहास हेर्ने हो भने त्यति धेरै लामो समय नभएता पनि यसको प्रयोग भने तीव्र गतिमा भएको छ भन्ने कुराको प्रमाण आइएमई पे र खल्तीको यो संयुक्त कारोबारको अवसर पनि हो ।
आइएमई पे र खल्तीको एकीकृत कारोबार पश्चात् आधिकारिक रूपमा कम्पनीको नाम भने आइएमई खल्ती लिमिटेड रहने छ ।यसको रजिस्टर्ड कार्यालय काठमाडौँ, पानीपोखरी स्थित रहने छ ।
संयुक्त कारोबार पश्चात् आधिकारिक रूपमा एपको नाम खल्ती रहने छ । ठुलो चुक्ता पुजी र पचास लाख भन्दा बढी आधिकारिक प्रयोगकर्ताहरूले खल्ती एपलाई नेपालकै सबैभन्दा ठुलो र बलियो डिजिटल वालेटको रूपमा स्थापित गरेको छ । साथै भुक्तानी सेवा प्रदायक क्षेत्रमा नेपालको ग्रामीण क्षेत्रसम्म पहुँच बिस्तारमा तीव्रता आउने विश्वास कम्पनीले लिएको बताएको छ ।
नेपाल राष्ट्र बैङ्कबाट एकीकृत कारोबारका लागि अन्तिम स्वीकृति पाएसँगै आगामी तिन महिना सम्म प्रयोगकर्ताहरूको समायोजन कार्य तीव्र रूपमा चल्नेछ । जसका लागि दुवै एप ,आइएमई पे र खल्ती यथावत् रूपमा सञ्चालनमा रहने छन् । दुवै वालेट प्रयोगकर्ताहरूको रकम र रोयल्टी प्वाइन्टहरू ,खल्ती प्वाइन्ट र आईएमई पे रिवार्ड प्वाइन्टहरू पनि उल्लेखित समयमा एकीकृत हुनेछन् ।
खल्ती र आइएमई पे दुबैमा भएका प्रयोगकर्ताहरू एकै ट्यापमा एपमा एकीकृत हुनेछन् भने आइएमई पे मा मात्र भएका प्रयोगकर्ताहरूको स्वीकृतिमा खल्तीमा समावेश गरिनेछ ।नयाँ प्रयोगकर्ताको हकमा भने प्रयोगकर्ताले सिधै खल्ती एप डाउनलोड गरेर नयाँ फिचरमा प्रवेश गर्न सक्नेछन् र आइएमई पे एपको मात्र प्रयोग गरिरहेका प्रयोगकर्ताले पनि अब खल्ती एपबाट नै सेवा सुविधाको उपयोग गर्न सक्नेछन्।
संयुक्त कारोबार पश्चात् एपको नाम खल्ती भए पनि आइएमई पेमा भएका सबै फिचरहरू त्यहाँ समावेश हुनेछन् । अहिले सम्म आइएमई पेमा रहेका ग्राहक पनि एक ट्यापमै खल्ती एपमा आबद्ध हुन सक्नेछन् । आइएमई पेमा भएका ब्यालेन्स, रिवार्ड प्वाइन्ट सहजै खल्तीमा स्थानान्तरण हुनेछन् । यस कार्यबाट खल्ती एप सहज र सुविधाजनक डिजिटल प्लेटफर्मको रूपमा स्थापित हुने विश्वास लिएको छ ।
संयुक्त कारोबार पश्चात् यो डिजिटल भुक्तानी प्रणाली आगामी दिनमा व्यापक रूपमा प्रयोग हुने मात्र नभई सबैभन्दा विश्वासिलो भुक्तानी प्रणालीको रूपमा रहने कम्पनीको विश्वास रहेको छ । डिजिटल भुक्तानी बिस्तारै दैनिक जीवनको एक हिस्सा बन्दै गरेको वर्तमान समयमा आइएमई पे र खल्ती बिचको संयुक्त कारोबार नेपालको डिजिटल क्षेत्रमा कोशेढुंगा साबित हुने विश्वास रहेको छ ।
खल्ती वालेटले आगामी दिनहरूमा प्रयोगकर्ताहरूलाई फिनटेक क्षेत्रमा नयाँ अनुभव प्रदान गर्नेछ । एपमार्फत प्रयोगकर्ताहरूले विश्वको कुनै पनि ठाउँबाट पठाएको रेमिटेन्स सजिलै वालेटमा प्राप्त गर्न सक्नेछन् भने एप मार्फत नै बैङ्क खाता खोल्न, भिजा कार्ड प्राप्त गर्न सक्नेछन् साथै भविष्यमा ऋण तथा अन्य सुविधाको पहुँच विस्तार पनि खल्ती एप मै हुनेछ ।यसरी खल्ती एपले फिनटेक प्रणालीलाई नयाँ र बलियो निर्देशन प्रदान गर्ने विश्वास कम्पनीले लिएको छ ।
हाम्रो जस्तो विकासोन्मुख समाजमा डिजिटल वालेटको कुरा सुनिन थालेको त्यत्ति लामो समय भएको छैन तर यसका प्रयोगकर्ता भने जुन सुकै उमेर समूहका पनि रहेको पाइएको छ । जनसङ्ख्याको ठुलो हिस्सा डिजिटल वालेट प्रयोगमा होमिएको यो यस अवस्थामा गतिशील समाजलाई अर्थ कारोबारको सवालमा थप गतिशील बनाउन हाम्रो यो मर्जर अग्रणी बन्नेमा हामी विश्वस्त छौँ ।
साथै दुई ठुला कम्पनीको मर्जरले केन्द्रीय बैङ्कले लिएको फिनटेक सम्बन्धी पहुँच बिस्तारमा सहयोग पुग्न गई नगद कारोबारमा कमी, विद्युतीय कारोबार विस्तार सहरी देखि ग्रामीण भेगसम्म आर्थिक क्रियाकलापहरूमा पारदर्शिता एवम् कारोबारमा वृद्धि गर्दै सम्पूर्ण सबैमा समय र खर्चको सदुपयोग हुने विश्वास लिएको छ ।
अन्ततः केन्द्रीय बैङ्क , सरोकारवाला निकाय र ग्राहकहरूबाट सदा झैँ सहयोग प्राप्त हुनेछ भन्ने कम्पनीको विश्वास रहेको छ ।
आइएमई पे र खल्ती बिच हुने मर्जरमा नेपाल राष्ट्र बैङ्कबाट अन्तिम कारोबार स्वीकृति प्रदान

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0.00%

100.00%

0.00%

0.00%

0.00%

0.00%

प्रतिकृया दिनुहाेस्
सम्बन्धित शिर्षक
Directories

Nepal Telecom
01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited
+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en