हिम स्टार उर्जा कम्पनी लिमिटेडले असार २४ गतेदेखि सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ) खुला गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित स्थानीयवासी र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई सेयर बाँडफाँट गरेपछि अब सर्वसाधारणका लागि आइपिओ ल्याउन लागेको हो।
कम्पनीले कुल ११ लाख १९ हजार कित्ता सेयर निष्कासनको अनुमति पाएकोमा, कर्मचारीहरूका लागि १८ हजार ६५० कित्ता र सामूहिक लगानी कोषका लागि ४६ हजार ६२५ कित्ता सेयर छुट्टाइएको छ। बाँकी रहेको ७ लाख ७३ हजार ९७५ कित्ता सेयर भने सर्वसाधारणका लागि खुला गरिनेछ।
सर्वसाधारण लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। आइपिओमा आवेदन दिने अन्तिम म्याद असार २७ गतेसम्म रहेको छ।
कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताहरूले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सि-आस्बा सदस्य बैङ्क तथा वित्तीय संस्थाहरू र तिनका शाखाहरूबाट सि-आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्।
हिम स्टार ऊर्जा कम्पनीले असार २४ गतेदेखि सर्वसाधारणका लागि आइपिओ निष्कासन गर्दै

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
