विकाश हाइड्रोपावरको आइपिओ आज देखि सर्वसाधारणका लागि खुला


विकाश हाइड्रोपावर लिमिटेडले असार १८ गते (आज) देखि सर्वसाधारणका लागि आइपिओ निष्कासन तथा बिक्री खुला गरेको छ। यसअघि आयोजना प्रभावित क्षेत्रका बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई सेयर बाँडफाँट गरेपछि कम्पनीले अब सर्वसाधारणका लागि आइपिओ निष्कासन गरेको हो।

कम्पनीले कुल ४४ लाख ५४ हजार ५९६ कित्ता सेयर निष्कासनको अनुमति पाएको थियो। जसमध्ये ९ लाख ९ हजार १०१ कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूलाई र ३ लाख ५४ हजार ५५० कित्ता साधारण शेयर वैदेशिक रोजगारमा रहेका नेपालीहरूका लागि निष्कासन गरी बाँडफाँट गरिसकेको छ।

अब दोस्रो चरणमा कम्पनीले ७० हजार ९१० कित्ता साधारण शेयर कर्मचारीहरूका लागि र १ लाख ७७ हजार २७५ कित्ता सामूहिक लगानी कोषहरूका लागि छुट्टाएको छ। बाँकी रहेको २९ लाख ४२ हजार ७६० कित्ता सेयर सर्वसाधारण लगानीकर्ताका लागि खुला गरिएको हो।

आइपिओमा न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिनेछ।  सो कम्पनीको आइपिओ निष्कासन बन्द हुने मिति (छिटोमा) असार २२ गते रहेको छ भने उक्त अवधिभित्र माग बमोजिम आवेदन नपरेमा ढिलोमा असार ३२ गते सम्म आवेदन पेस गर्न सकिने कम्पनीले जनाएको छ।

कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताहरूले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सि-आस्बा सदस्य बैङ्क तथा वित्तीय संस्थाहरू वा तिनका शाखाहरूमार्फत आवेदन दिन सक्नेछन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x