माबिलुङ इनर्जीले असार २२ देखि आयोजना प्रभावित र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आइपिओ खुला गर्‍यो

माबिलुङ इनर्जी लिमिटेडले आज असार २२ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि प्राथमिक सेयर (आइपिओ) सार्वजनिक गरेको छ।

कम्पनीले जारी पुँजी ३८ करोड ५८ लाख २४ हजार रुपैयाँमध्ये ४८.९९९८ प्रतिशत बराबरको १८ लाख ९० हजार ५३० कित्ता सेयर निष्कासन गर्न लागेको हो। यसमध्ये, ३ लाख ८५ हजार ८२४ कित्ता सेयर सङ्खुवासभा जिल्लाका मादि नगरपालिका वडा नं. ७, ८, ९ र चैनपुर नगरपालिका वडा नं. २, ३, ७, ८, ९ का स्थायी बासिन्दाका लागि छुट्टाइएको छ।

त्यस्तै, वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि १ लाख ५० हजार ४७१ कित्ता सेयर निष्कासन गरिएको छ। दुवै समूहका आवेदकले न्यूनतम १० कित्ता र अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्।

आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि आवेदन अवधि छिटोमा साउन ४ गतेसम्म र ढिलोमा साउन १९ गतेसम्म तोकिएको छ। वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि भने साउन ४ गते नै आवेदन अवधि सकिनेछ।

कम्पनीको आइपिओ निष्कासन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ। स्थानीय बासिन्दाहरूले सङ्खुवासभाको चैनपुर, मादि र खाँदबारीमा रहेका तोकिएका बैङ्क शाखाहरूबाट आवेदन दिन सक्नेछन्। वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले भने सि-आस्बा सदस्य बैङ्क तथा वित्तीय संस्थामार्फत अनलाइन आवेदन दिन सक्नेछन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x