एन आई सी एशिया बैङ्क र ई.स्टप नेपाल प्रा.लि.बिच यस बैङ्कका ग्राहक महानुभावहरूलाई रेस्टुरेन्टको खाना र चार्जिङ स्टेसन सेवामा विशेष छुट उपलब्ध गराउने विषयमा सम्झौता सम्पन्न भएको छ । यस सम्झौतापछि सो बैङ्कका ग्राहकहरूले ई.स्टप नेपालले उपलब्ध गराएको रेस्टुरेन्टका परिकारमा १० प्रतिशत र चार्जिङ स्टेसन सेवामा ५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।
ई.स्टप नेपालले नवलपुरस्थित दलदले, सिन्धुलीस्थित रामटार र कुरिनटारमा रेस्टुरेन्टसँगै उपलब्ध गराएको चार्जिङ स्टेसनहरूमा विद्युतीय गाडी चार्ज गर्दै खानाको स्वादमा उक्त छुट सुविधा उपभोग गर्न सक्नेछन् । ग्राहकहरूले सो बैङ्कको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक (MoBank) एपमार्फत भुक्तानी गर्दा उक्त छुट सुविधा लिन सक्नेछन् । दी गो ग्रुप अफ कम्पनी अन्तर्गत रहेको ई.स्टप नेपालसँगको यस सहकार्यले मुलुकमा डिजिटल भुक्तानी र हरित अर्थतन्त्रको प्रवर्द्धनमा समेत टेवा पुग्ने बैङ्कले विश्वास लिएको बताएको छ ।
एन आई सी एशिया बैङ्क र ई.स्टप नेपालबिच विशेष सम्झौता

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
