धितोपत्र बजारमा ७५.८४ अङ्कको वृद्धि, नेप्से २८७०.६३ को विन्दुमा


धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ७५ दशमलव ८४ अङ्कले बढेर २८७० दशमलव ६३ को विन्दुमा कायम भएको छ। यस्तै सेन्सेटिभ परिसूचक ११ दशमलव २२ अङ्कले बढेर ५०० दशमलव ४९ को विन्दुमा पुगेको छ ।

आज कूल ३११ कम्पनीहरूका ३ करोड ८६ लाख ३४ हजार ३५० कित्ता शेयर रु. १६ अर्ब ५९ करोड २१ लाख ५ हजार ४५५ मा खरिद बिक्री भए भने कारोबार भएका कूल १३ उपसमूहहरू उकालो लागेका छन् ।

बैङ्किङ उपसमूह २६ दशमलव ७२ अङ्कले बढ्दा विकास बैङ्क उपसमूह ११५ दशमलव ८७ अङ्कले, वित्त उपसमूह ७२ दशमलव ०८ अङ्कले, होटेल तथा पर्यटन उपसमूह १८१.२५ अङ्कले, जलविद्युत उपसमूह १११.०० अङ्कले, लगानी उपसमूह ३.६० अङ्कले, जीवन बिमा उपसमूह ४१७.२८ अङ्कले, उत्पादन उपसमूह २१६.४० अङ्कले, लघुवित्त उपसमूह १३०.७३ अङ्कले, सामूहिक लगानी कोष शून्य दशमलव ०० अङ्कले, निर्जीवन बिमा २७८.८० अङ्कले, अन्य उपसमूह ११९.८७ अङ्कले र ट्रेडिङ उपसमूह ७३.१५ अङ्कले बढेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x