मेलबर्न, अष्ट्रेलिया आगामी गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको राष्ट्रिय समन्वय परिषद् (NCC) निर्वाचनको तयारी तीव्र बन्दै जाँदा, सचिव पदका लागि उम्मेदवारी घोषणा गरेका गणेश गौतमले संस्थागत सुधार, पारदर्शिता, समावेशिता र जवाफदेहिताको प्रतिबद्धता व्यक्त गरेका छन्।
एक दशकदेखि अष्ट्रेलियामा रहँदै एनआरएन अभियानमा निरन्तर सक्रिय रहनुभएका गौतमले आफ्नो उम्मेदवारी भावुक सन्देशमार्फत सार्वजनिक गरेका हुन्। उनले हाल एनआरएनएभित्र देखिएको गुटबन्दी, स्वार्थमुखी प्रवृत्ति र नेतृत्वको गैरजिम्मेवारीपनप्रति गहिरो चिन्ता व्यक्त गर्दै, आगामी निर्वाचनलाई ‘संस्थाको आत्मा पुनर्जागृत गर्ने अवसरको रूपमा व्याख्या गरे।
“यो केवल नेतृत्वको फेरबदल होइन, यो संस्थाको मूल्य, चरित्र र दिगो लक्ष्य पुनःस्थापना गर्ने महत्त्वपूर्ण मोमेंट हो,” गौतमले उल्लेख गरेकाछन्।
सशक्त सचिव पदका लागि ठोस एजेण्डा
गौतमको उम्मेदवारी निम्न प्रमुख बुँदामा आधारित छ:
-
एनआरएनएलाई गुटबन्दीमुक्त, समावेशी र पारदर्शी बनाउने प्रतिबद्धता
-
युवालाई नेतृत्वमा ल्याउने व्यवहारिक नीति कार्यान्वयन
-
समन्वयकारी सचिवका रूपमा समुदायको आवाज समेट्ने दृढ अठोट
-
महिला, विद्यार्थी, श्रमिक र व्यवसायी वर्गलाई समेट्ने दीर्घकालीन योजना
गौतमको धारणा अनुसार, सचिव पद केवल प्रशासनिक होइन, “नीति निर्माणदेखि सदस्य समन्वय र संस्थाको साख निर्माणसम्म जिम्मेवारी वहन गर्ने केन्द्र” हो।
गौतमले एनआरएनए अष्ट्रेलियामा अव्यवस्थित नेतृत्व, आपसी अविश्वास र पारदर्शिताको अभावले संस्था दिशाहीन बनेको बताएका छन्। “संस्थालाई व्यक्तिगत स्वार्थका लागि गुट विस्तार र फरक मतलाई दबाउने औजारको रूपमा प्रयोग गरिँदैछ,” उनले भने। उनको भनाइमा, “हामीले 'एकपटकको नेपाली सधैं नेपाली' भन्ने भावना त बोलेकै छौं, तर संस्थागत संरचना र नेतृत्वले त्यसको उचित प्रतिनिधित्व गर्न सकेको छैन।”
गौतमले सम्पूर्ण नेपाली समुदायलाई परिवर्तनका पक्षमा मत दिन आह्वान गर्दै भने, “तपाईंहरूको साथ र निर्णयले मात्र एनआरएन अष्ट्रेलियाको पुनर्जागरण सम्भव छ।”
गणेश गौतमको संक्षिप्त परिचय
-
नाम: गणेश गौतम
-
भूमिका: एनआरएन अभियन्ता, सामाजिक अभियानी
-
उम्मेदवारी: सचिव पद, एनआरएनए अष्ट्रेलिया (NCC Election 2025)
-
विशेषता: नेतृत्व क्षमतायुक्त, समन्वयमुखी शैली, समावेशी दृष्टिकोण
-
सक्रियता: भाषा-संस्कृति संरक्षण, छात्र सहायता, आपतकालीन राहत तथा समुदाय संवाद