धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ८० दशमलव ९७ अङ्कले बढेर २९७३ दशमलव ७० को विन्दुमा कायम भएको छ। यस्तै सेन्सेटिभ परिसूचक १४ दशमलव ४८ अङ्कले बढेर ५१६ दशमलव ९८ को विन्दुमा पुगेको छ ।
आज कूल ३१९ कम्पनीहरूका ४ करोड ३५ लाख ८१ हजार २२८ कित्ता शेयर रु. २० अर्ब ८ करोड ५३ लाख ६७ हजार २९३ मा खरिद बिक्री भए भने कारोबार भएका कूल १३ उपसमूहहरू उकालो लागेका छन् ।
बैङ्किङ उपसमूह ३२ दशमलव २५ अङ्कले बढ्दा विकास बैङ्क उपसमूह १३८ दशमलव ८२ अङ्कले, वित्त उपसमूह ५०.३७ अङ्कले, होटेल तथा पर्यटन उपसमूह २४९.७३ अङ्कले, जलविद्युत उपसमूह ७१.५० अङ्कले, लगानी उपसमूह ३.८० अङ्कले, जीवन बिमा उपसमूह ६०६.६५ अङ्कले, उत्पादन उपसमूह ३४८.६६ अङ्कले, लघुवित्त उपसमूह २२१.५४ अङ्कले, सामूहिक लगानी कोष शून्य दशमलव ११ अङ्कले, निर्जीवन बिमा ३४२.४० अङ्कले, अन्य उपसमूह ८५.०३ अङ्कले र ट्रेडिङ उपसमूह ४२.९२ अङ्कले बढेका छन् ।
नेप्सेमा ठुलो उछाल: कारोबार रकम २० अर्ब नाघ्दा सबै उपसमूह हरियालीमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
