यी हुन् आज धितोपत्र बजारमा सर्वाधिक कारोबार भएका कम्पनीहरू


साताको तेस्रो कारोबार दिन नेप्से परिसूचक ८० दशमलव ९७ अङ्कले बढेर २९७३ दशमलव ७० को विन्दुमा कायम भएको छ। आज कूल ३१९ कम्पनीहरूका ४ करोड ३५ लाख ८१ हजार २२८ कित्ता शेयर रु. २० अर्ब ८ करोड ५३ लाख ६७ हजार २९३ मा खरिद बिक्री भए ।

कारोबार रकमका आधारमा नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको शेयर शीर्ष स्थानमा रह्यो । सो कम्पनीको रु. ७१ करोड ८८ लाख ८५ हजार ७४५ बराबरको शेयर कारोबार भयो  त्यस्तै, शिवम् सिमेन्ट्स लिमिटेडको रु. ६८ करोड ८३ लाख १८ हजार ९०२ बराबरको शेयर कारोबार भएको छ।

यता, हिमालयन रि इन्स्योरेन्स लिमिटेडको रु. ५६ करोड १ लाख २८ हजार ४७९ कारोबार हुँदा बुटवल पावर कम्पनी लिमिटेडको रु. ५१ करोड ६७ लाख ५ हजार ५३८ र ङादी ग्रुप पावर लिमिटेडको रु. ४६ करोड ३५ लाख ३६ हजार १४५ बराबरको शेयर कारोबार भएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x