छ्याङ्दी हाइड्रोपावर लिमिटेडले साउन १४ गतेदेखि शेयर लिलामीमार्फत बिक्री प्रक्रिया सुरु गर्ने भएको छ। कम्पनीले कुल २ लाख ९८ हजार ८३२ कित्ता शेयर न्यूनतम १०० रुपैयाँको आधार मूल्यमा लिलामीमा ल्याएको हो। यस लिलामीमा आवेदन दिन साउन २१ गतेसम्मको समय दिइएको छ।
कम्पनीले यसअघि जेठ २३ देखि असार २७ गतेसम्म हकप्रद शेयर निष्कासन गरेको थियो। सो अवधिमा बाँकी रहेको अवितरित शेयरलाई अब लिलामी प्रक्रियाबाट बिक्री गर्न लागिएको हो। आवेदन दिने क्रममा लगानीकर्ताले कम्तीमा १०० कित्ताका लागि आवेदन दिनुपर्नेछ। सो सङ्ख्या १० को गुणनफलमा नजाँदासम्म वा सबै कित्ताका लागि पनि माग गर्न सकिने प्रावधान छ। यस अनुसार न्यूनतम आवेदन रकम १० हजार रुपैयाँ रहनेछ।
शेयर लिलामीमा कम्पनीका वर्तमान संस्थापक शेयरधनी, सर्वसाधारण, सङ्घ, संस्था, कम्पनीलगायत सबै इच्छुक व्यक्तिहरूले आवेदन दिन सक्नेछन्। काठमाडौँ उपत्यकाभित्र रहेका लगानीकर्ताले आवेदन फाराम बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेडको नक्सालस्थित कार्यालयबाट प्राप्त गर्न सक्नेछन्।
उपत्यकाबाहिरका लगानीकर्ताले ग्लोबल आइएमई बैङ्कका विभिन्न शाखा कार्यालयबाट आवेदन फाराम प्राप्त गर्न सक्ने व्यवस्था मिलाइएको छ। ती शाखाहरूमा बिर्तामोड, हनुमानदास रोड–विराटनगर, जनकपुर, आदर्शनगर–वीरगन्ज, हेटौँडा, नारायणगढ, नूरोड–पोखरा, मिलनचोक–बुटवल, बागलुङ, त्रिभुवनचोक–नेपालगन्ज, सुर्खेत, घोराही, धनगढी र महेन्द्रनगर शाखाहरू समावेश छन्।
छ्याङ्दी हाइड्रोपावरको शेयर लिलामी साउन १४ देखि खुल्ला हुने
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
