धितोपत्र बजारमा ५.१७ अङ्कको वृद्धि, नेप्से २९७८.८८ को विन्दुमा


धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचक एकल अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ५ दशमलव १७ अङ्कले बढेर २९७८ दशमलव ८८ को विन्दुमा कायम भएको छ। यस्तै सेन्सेटिभ परिसूचक शून्य दशमलव १५ अङ्कले घटेर ५१६ दशमलव ८२ को विन्दुमा पुगेको छ ।

आज कूल ३१९ कम्पनीहरूका ४ करोड ४८ लाख ६६ हजार १५९ कित्ता शेयर रु. १९ अर्ब ५७ करोड ५२ लाख ७० हजार ५५७ मा खरिद बिक्री भए ।

कारोबार भएका कूल १३ उपसमूहहरू मध्य बैङ्किङ उपसमूह ३ दशमलव ९६ अङ्कले, विकास बैङ्क उपसमूह ५७ दशमलव ७६ अङ्कले, होटेल तथा पर्यटन उपसमूह ८२.४९ अङ्कले, जीवन बिमा उपसमूह ७२.८९ अङ्कले, लघुवित्त उपसमूह ४०.९२ अङ्कले र निर्जीवन बिमा ८४.२० अङ्कले घटेका छन् । यता वित्त उपसमूह ८५.१४ अङ्कले बढ्दा जलविद्युत उपसमूह ३३.७५ अङ्कले, लगानी उपसमूह १.०९ अङ्कले, उत्पादन उपसमूह ३२.०१ अङ्कले, सामूहिक लगानी कोष शून्य दशमलव ०३ अङ्कले, अन्य उपसमूह ३८.९२ अङ्कले र ट्रेडिङ उपसमूह १३.२३ अङ्कले बढेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x