नेपाल राष्ट्र बैङ्कले बुधवार २५ अर्ब रुपैयाँ बराबरको तरलता बैङ्किङ प्रणालीबाट तान्ने तयारी गरेको छ। मौद्रिक प्रणालीमा अत्यधिक तरलता देखिन थालेपछि राष्ट्र बैङ्कले निक्षेप सङ्कलन उपकरणमार्फत रकम व्यवस्थापन गर्ने निर्णय लिएको हो।
यस प्रयोजनका लागि बुधवार दिउँसो ३ बजे अनलाइन बोलकबोल प्रक्रिया सञ्चालन हुनेछ। इच्छुक बैङ्क तथा वित्तीय संस्थाहरूले कम्तीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी बोलकबोल गर्न सक्नेछन्।
बोलकबोल ब्याजदरमा हुनेछ भने संस्थाहरूले बहु ब्याजदरमा पनि बोलकबोल गर्न सक्ने व्यवस्था गरिएको छ। यो योजनामा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैङ्क तथा वित्तीय संस्थाहरू मात्रै सहभागी हुन पाउनेछन्।
राष्ट्र बैङ्कका अनुसार यो निक्षेप सङ्कलनको अवधि ४२ दिनको हुनेछ, जसको साँवा र ब्याज भुक्तानी आगामी भदौ २५ गते हुनेछ।
बैङ्किङ प्रणालीबाट २५ अर्ब तरलता व्यवस्थापन गर्न राष्ट्र बैङ्कको निक्षेप सङ्कलन योजना
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
