नेपाल बैङ्क र ओम अध्याय रिट्रिट प्रा.लि. बिच सम्झौता

नेपालको पहिलो बैङ्क नेपाल बैङ्क लिमिटेडमा कार्यरत कर्मचारीहरू, कर्मचारीका परिवारका सदस्यहरू र बैङ्कमा खाता रहेका ग्राहकहरूलाई मकवानपुर जिल्लाको थाहा नगरपालिका १३, वज्रवाराही स्थित रहेको रिसोर्ट ओम अध्याय रिट्रिट प्रा.लि. ले प्रदान गर्ने सेवामा लाग्ने शुल्कमा विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।

सो सम्झौता बमोजिम नेपाल बैङ्क लिमिटेडमा कार्यरत कर्मचारीहरू, कर्मचारीका परिवारका सदस्यहरू र बैङ्कमा खाता रहेका ग्राहकहरूलाई ओम अध्याय रिट्रिट प्रा.लि. ले प्रदान गर्ने रिसोर्टका विविध सेवाहरूमा लाग्ने शुल्कहरूमा बिल रकमको १० प्रतिशत देखि १५ प्रतिशतसम्म छुट हुने व्यवस्था गरिएको छ ।

सम्झौता पत्रमा मिति २०८२ साल भदौ ०२ गते बैकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाश कुमार अधिकारी र ओम अध्याय रिट्रिट प्रा.लि. को तर्फबाट निर्देशक सुजन अधिकारीले हस्ताक्षर गर्नुभयो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x