मुक्तिनाथ विकास बैङ्क लिमिटेडले आफ्ना शेयरधनीलाई लाभांश वितरण गर्ने भएको छ । कम्पनीको मिति २०८२ साल भाद्र ३१ गते, बसेको सञ्चालक समितिको ३५८ औँ बैठकले गरेको निर्णय अनुसार आ. व.२०८१/८२ को सञ्चित मुनाफाबाट कायम चुक्ता पुँजीको कुल १८.२ प्रतिशतले हुन आउने लाभांश आफ्ना शेयरधनीहरुलाई वितरण गर्ने प्रस्ताव अघि बढाएको छ ।
बैङ्कको सञ्चालक समितिको बैठकले आ. व. २०८०/०८१ को सञ्चित मुनाफाबाट हाल कायम चुक्ता पुँजीको १३.५३ प्रतिशतले हुन आउने रकम बराबरको बोनस शेयर र ४.६७ प्रतिशतले हुन आउने रकम बराबरको नगद (कर प्रयोजनार्थ समेत) लाभांश गरी जम्मा १८.२ प्रतिशत लाभांश आफ्ना शेयरधनीहरूलाई वितरण गर्ने प्रस्ताव गरेको हो ।
प्रस्तावित लाभांश नियामक निकाय नेपाल राष्ट्र बैङ्क र आगामी वार्षिक साधारण सभाबाट अनुमोदन भएपछि मात्र लगानीकर्ताले प्राप्त गर्ने मुक्तिनाथ विकास बैङ्क लिमिटेडले जानकारी दिएको छ ।
मुक्तिनाथ विकास बैङ्कको लाभांश प्रस्ताव, कति दिँदै छ बोनस र नगद ?
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
100.00%

0.00%

0.00%

0.00%

0.00%

0.00%
