
धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ३० दशमलव ७५ अङ्कले बढेर २६३१ दशमलव १४ को विन्दुमा कायम भएको छ। यस्तै सेन्सेटिभ परिसूचक ४ दशमलव ४१ अङ्कले बढेर ४५७ दशमलव २२ को विन्दुमा पुगेको छ ।
आज कूल ३१९ कम्पनीहरूका २ करोड ९७ लाख ३८ हजार १३९ कित्ता शेयर रु. ९ अर्ब २० करोड ३१ लाख ४६ हजार ४२९ मा खरिद बिक्री भए ।
कारोबार भएका कूल १३ उपसमूहहरू मध्य ट्रेडिङ उपसमूह ४२.५८ अङ्कले घटेको छ । यता, बैङ्किङ उपसमूह ४ दशमलव ०२ अङ्कले बढ्दा विकास बैङ्क उपसमूह ४९ दशमलव ६३ अङ्कले, वित्त उपसमूह ११६ दशमलव ३६ अङ्कले, होटेल तथा पर्यटन उपसमूह ७५.९४ अङ्कले, जलविद्युत उपसमूह ३९.९५ अङ्कले, लगानी उपसमूह शून्य दशमलव ८४ अङ्कले, जीवन बिमा उपसमूह ५५६.८६ अङ्कले, उत्पादन उपसमूह ७०.३५ अङ्कले, लघुवित्त उपसमूह ६७.८८ अङ्कले, सामूहिक लगानी कोष शून्य दशमलव ०२ अङ्कले, निर्जीवन बिमा १४५.७४ अङ्कले र अन्य उपसमूह २९.१७ अङ्कले बढेका छन् ।
साताको पहिलो कारोबार दिन धितोपत्र बजारमा ३०.७५ अङ्कको वृद्धि
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
0%
0%
0%
0%
0%
