
महालक्ष्मी विकास बैङ्क लिमिटेडले आफ्ना शेयरधनीलाई लाभांश वितरण गर्ने भएको छ । कम्पनीको मिति २०८२ साल कार्तिक १७ गते बसेको सञ्चालक समितिको ६३५ औँ बैठकले गरेको निर्णय अनुसार आ. व.२०८१/८२ को मुनाफाबाट कायम चुक्ता पुँजीको कुल १०.३७ प्रतिशतले हुन आउने लाभांश आफ्ना शेयरधनीहरुलाई वितरण गर्ने प्रस्ताव अघि बढाएको छ ।
बैङ्कको सञ्चालक समितिको बैठकले आ. व. २०८१/०८२ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको ५ प्रतिशतले हुन आउने रकम रु. २१ करोड ४८ लाख २२ हजार ९०७ रुपैयाँ ९० पैसा बराबरको बोनस शेयर र ५.३७ प्रतिशतले हुन आउने रकम रु. २३ करोड ७ लाख १९ हजार ८०३ रुपैयाँ ८ पैसा बराबरको नगद (कर प्रयोजनार्थ समेत) लाभांश गरी जम्मा १०.३७ प्रतिशत लाभांश आफ्ना शेयरधनीहरूलाई वितरण गर्ने प्रस्ताव गरेको हो ।
प्रस्तावित लाभांश नियामक निकाय नेपाल राष्ट्र बैङ्क र आगामी वार्षिक साधारण सभाबाट अनुमोदन भएपछि मात्र लगानीकर्ताले प्राप्त गर्ने महालक्ष्मी विकास बैङ्क लिमिटेडले जानकारी दिएको छ ।
Click here to view the notice.
महालक्ष्मी विकास बैङ्कको लाभांश प्रस्ताव, कति दिँदै छ बोनस र नगद ?
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
0%
0%
0%
0%
0%
