अक्टोबरमा महिनामा १ लाख २८ हजार भन्दा बढी पर्यटक नेपाल भित्रिए


यस वर्षको अक्टोबर महिनामा मात्र १ लाख २८ हजार ४४३ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन्। यो सङ्ख्या मुख्य पर्यटन यामका रूपमा चिनिने महिनामा पर्यटक आगमनमा आएको उत्साहजनक वृद्धिलाई देखाउँछ।

नेपाल पर्यटन बोर्डका अनुसार, जनवरीदेखि अक्टोबरसम्म कुल नौ लाख ४३ हजार ७१६ जना विदेशी नागरिक नेपाल आएका छन्। अक्टोबर महिनामा मात्र युरोपबाट ४० हजार ५०० र दक्षिण एसियाबाट २९ हजार ६० पर्यटकले नेपाल यात्रा गरेका छन्, जसले यस अवधिलाई पर्यटनका दृष्टिले उल्लेखनीय बनाएको छ।

विवरण अनुसार भारतबाट सबैभन्दा धेरै १७ हजार २९८ जना पर्यटक नेपाल आएका छन्। त्यसपछि अमेरिकाबाट १३ हजार २८६, बेलायतबाट आठ हजार ७१८, चीनबाट छ हजार ७५५ र जर्मनीबाट छ हजार ३६६ जना पर्यटक नेपाल आएका थिए। प्रमुख स्रोत बजारहरूबाट भएको यो वृद्धिले नेपालका पर्यटन व्यवसायीहरूमा थप उत्साह ल्याएको बोर्डले जनाएको छ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x