
धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचक एकल अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ८ दशमलव २४ अङ्कले घटेर २६२२ दशमलव ८९ को विन्दुमा कायम भएको छ। यस्तै सेन्सेटिभ परिसूचक शून्य दशमलव ८३ अङ्कले घटेर ४५६ दशमलव ३९ को विन्दुमा पुगेको छ ।
आज कूल ३३३ कम्पनीहरूका १ करोड २१ लाख ८५ हजार ३८८ कित्ता शेयर रु. ६ अर्ब ५ करोड २२ लाख २६ हजार ९०३ मा खरिद बिक्री भए ।
कारोबार भएका कूल १३ उपसमूहहरू मध्य विकास बैङ्क उपसमूह ६ दशमलव ६३ अङ्कले, होटेल तथा पर्यटन उपसमूह १.२३ अङ्कले, उत्पादन उपसमूह १८.४७ अङ्कले, सामूहिक लगानी कोष शून्य दशमलव ०६ अङ्कले, अन्य उपसमूह १०.२६ अङ्कले र ट्रेडिङ उपसमूह ३५.४१ अङ्कले बढेका छन् । यता, बैङ्किङ उपसमूह ३ दशमलव ०६ अङ्कले घट्दा वित्त उपसमूह ३ दशमलव ०३ अङ्कले, जलविद्युत उपसमूह ३५.८९ अङ्कले, लगानी उपसमूह शून्य दशमलव ७४ अङ्कले, जीवन बिमा उपसमूह १४०.८१ अङ्कले, लघुवित्त उपसमूह ३१.६० अङ्कले र निर्जीवन बिमा १.१२ अङ्कले घटेका छन् ।
धितोपत्र बजारमा ८.२४ अङ्कको गिरावट, नेप्से २६२२.८९ को विन्दुमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
0%
0%
0%
0%
0%
