सरकारद्वारा १० अर्ब रुपैयाँको ‘विकास ऋणपत्र–२०८६’ जारी गर्ने तयारी


सरकारले आन्तरिक स्रोत सुदृढीकरण र ऋण व्यवस्थापनका उद्देश्यले १० अर्ब रुपैयाँ बराबरको ‘विकास ऋणपत्र–२०८६’ जारी गर्ने तयारी गरेको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार, चार वर्ष अवधिको सो ऋणपत्र कात्तिक १९ गते अक्सन प्रणालीमार्फत बिक्री गरिनेछ, भने निष्कासन प्रक्रिया कात्तिक २० गते सम्पन्न गरिनेछ।

‘विकास ऋणपत्र–२०८६’ खरिदका लागि बैङ्क तथा वित्तीय संस्था, गैर–बैङ्क वित्तीय संस्था, बीमा कम्पनीहरू र आम नेपाली नागरिकहरूले समेत सहभागिता जनाउन सक्नेछन्। कार्यालयले इच्छुक सबैलाई निर्धारित मितिमा बोलकबोलमा सहभागी हुन आग्रह गरेको छ।

यस माध्यमबाट सरकारले आन्तरिक ऋण सङ्कलन गर्दै पुँजी जुटाउने र आर्थिक व्यवस्थापनलाई सुदृढ बनाउने नीति अघि सारेको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x