एसवाई प्यानल नेपालको आइपिओ आज देखि सर्वसाधारणका लागि खुल्ला


एसवाई प्यानल नेपाल लिमिटेडले आज (कात्तिक १९ गते) देखि सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ) खुला गरेको छ। कम्पनीले यसअघि उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आइपिओ निष्कासन गरी बाँडफाँड सम्पन्न गरिसकेको हो

कम्पनीले १ अर्ब ३० करोड ८९ लाख ३७ हजार १०० रुपैयाँ चुक्ता पुँजीको ४० प्रतिशत बराबर ५२ लाख ३२ हजार ५४८ कित्ता शेयर निष्कासन गर्ने अनुमति पाएको थियो। जस अन्तर्गत उद्योग प्रभावित क्षेत्रका लागि २ लाख ६१ हजार ६२९ कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि ४ लाख ९७ हजार ९२ कित्ता शेयर वितरण भइसकेको छ। साथै, कम्पनीका कर्मचारीका लागि १ लाख ४९ हजार १२७ कित्ता र सामूहिक लगानी कोषका लागि २ लाख ४८ हजार ५४६ कित्ता शेयर सुरक्षित राखिएको छ।

अब सर्वसाधारण लगानीकर्ताका लागि ४० लाख ७६ हजार १५६ कित्ता शेयर प्रतिशेयर १०० रुपैयाँ अङ्कित मूल्यमा उपलब्ध हुनेछन्। लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। आइपिओ छिटोमा कात्तिक २३ गते र ढिलोमा मङ्सिर ३ गतेसम्म खुला रहनेछ।

इक्रा नेपालले कम्पनीलाई ‘इक्राएनपी इस्यूअर रेटिङ डबल बी’ प्रदान गरेको छ, जसले कम्पनीको दायित्व पूरा गर्ने क्षमतामा मध्यम जोखिम रहेको जनाउँछ।

शेयर निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी प्रभु क्यापिटल लिमिटेडले लिएको छ। लगानीकर्ताले सि–आस्बा प्रणालीमार्फत बैङ्क तथा वित्तीय संस्थाहरू र तिनका तोकिएका शाखाहरूबाट आवेदन दिन सक्नेछन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x