
भैरहवा भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा उल्लेखनीय राजस्व सङ्कलन गरेको छ। कार्यालयले साउनदेखि असोजसम्मको अवधिमा कुल रु २७ अर्ब ७५ करोड ५३ लाख ७८ हजार राजस्व उठाउन सफल भएको भन्सार अधिकृत सन्तोषकुमार न्यौपानेले जानकारी दिनुभएको छ।
उहाँको अनुसार साउन महिनामा रु ९ अर्ब २ करोड ९४ लाख ३४ हजार, भदौमा रु ९ अर्ब ७० करोड ६३ लाख ९ हजार र असोजमा रु ९ अर्ब २८ करोड ६७ लाख २० हजार राजस्व सङ्कलन भएको हो।
जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोडबाट कार्यालय क्षतिग्रस्त भए पनि, भैरहवा भन्सारले अस्थायी रूपमा त्रिपालमार्फत सेवा निरन्तरता दिँदै राजस्व सङ्कलनमा निरन्तरता दिएको थियो।
भैरहवा भन्सारद्वारा तीन महिनामा २७ अर्ब ७५ करोड भन्दा बढी राजस्व सङ्कलन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
0%
0%
0%
0%
0%
