
वीरगन्ज नाका हुँदै चालु आर्थिक वर्षको पहिलो तीन महिनामा २ खर्ब १८ अर्ब १० करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १९ प्रतिशतले बढी हो।
वीरगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक विष्णुप्रसाद ज्ञवालीका अनुसार गत वर्षको पहिलो तीन महिनामा १ खर्ब ८३ अर्ब ८७ करोड रुपैयाँ मूल्यका वस्तु भित्रिएका थिए, भने यस वर्ष सो रकम रु ३४ अर्ब २३ करोडले बढेको छ।
भन्सार कार्यालयका तथ्याङ्कअनुसार पेट्रोलियम पदार्थको आयात मात्र रु ३८ अर्ब ९ करोडको भएको छ। त्यसपछि फलाम र फलामजन्य वस्तुको आयात रु १९ अर्ब ८४ करोड, मेसिनरी तथा पार्टपुर्जाको रु १५ अर्ब ५७ करोड र भटमासको कच्चा तेलको रु १४ अर्ब ८० करोड रहेको छ।
त्यस्तै, मलखादको आयात रु १२ अर्ब ८१ करोड, कपडाको रु १२ अर्ब १६ करोड र इलेक्ट्रिक उपकरण तथा पार्टपुर्जाको रु १२ अर्ब ६ करोड रहेको कार्यालयले जनाएको छ। साथै, यातायातका साधन र तिनका पार्टपुर्जामा रु १० अर्ब १२ करोड बराबरको आयात भएको छ।
तीन महिनामा वीरगन्ज नाकाबाट दुई खर्ब भन्दा बढी सामान आयात, १९ प्रतिशतको वृद्धि
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
0%
0%
0%
0%
0%
