
नेपाल राष्ट्र बैङ्कले बैङ्किङ प्रणालीमा बढेको तरलता नियन्त्रण गर्न आइतबार ३० अर्ब रुपैयाँ बराबरको निक्षेप सङ्कलन गर्ने भएको छ। केन्द्रीय बैङ्कले तरलता व्यवस्थापन उपकरण प्रयोग गर्दै बैङ्क तथा वित्तीय संस्थाबाट रकम तान्न लागेको हो।
राष्ट्र बैङ्कका अनुसार निक्षेप सङ्कलनका लागि आइतबार दिउँसो ३ बजे अनलाइन माध्यमबाट बोलकबोल प्रक्रिया सञ्चालन हुनेछ। इच्छुक बैङ्क तथा वित्तीय संस्थाले न्यूनतम १० करोड रुपैयाँदेखि अधिकतम ५ करोड रुपैयाँको गुणकमा बोलकबोल गर्न सक्नेछन्।
यो निक्षेप सङ्कलन बहु ब्याजदर प्रणालीमा हुने र ‘क’, ‘ख’ तथा ‘ग’ वर्गका बैङ्क तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउने राष्ट्र बैङ्कले स्पष्ट पारेको छ।
८४ दिन अवधिको यो निक्षेप सङ्कलन उपकरण अन्तर्गत लगानी गरिएको रकमको साँवा र ब्याज २०८३ माघ १८ गते भुक्तानी गरिने राष्ट्र बैङ्कले जनाएको छ।
३० अर्ब निक्षेप सङ्कलन गर्दै राष्ट्र बैङ्क, तरलता सन्तुलनमा जोड
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
0%
0%
0%
0%
0%
