
आई.एम.ई लाइफ इन्स्याेरेन्सको नाफा ९.१७ प्रतिशतले वृद्धि भएको छ । आ.व. २०८१/८२ को पहिलाे त्रैमास सम्ममा कम्पनीले १४ करोड ५० लाख नाफा कमाएको थियो भने आ.व. २०८२/८३ को पहिलाे त्रैमास सम्ममा कम्पनीले १५ करोड ८३ लाख नाफा कमाएको देखिन्छ ।
५ अर्ब रुपैयाँ चुक्ता पुँजी रहेको आई.एम.ई लाइफ इन्स्याेरेन्सको खुद बीमा शुल्क आर्जन ३१.९६ प्रतिशतले बढेर १ अर्ब ५३ करोड रुपैयाँ पुगेको छ ।
कम्पनीको महाविपत्ति कोषमा २७ करोड ८६ लाख रुपैयाँ रहेको छ भने बीमा व्यवसाय भित्र्याउने अभिकर्तालाई १३ करोड १४ लाख कमिसन प्रदान गरेको छ । कम्पनीको प्रतिशेयर आम्दानी १२ रुपैयाँ ६७ पैसा छ भने प्रतिशेयर नेटवर्थ १३७ रुपैयाँ ४१ पैसा छ र मूल्य आम्दानी अनुपात ३५.२४ गुणा रहेको छ ।
आई.एम.ई लाइफ इन्स्याेरेन्सको खुद बीमा शुल्क आर्जन १ अर्ब ५३ करोड
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
0%
0%
0%
0%
0%
