रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले आज पुस ७ गतेदेखि सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ) खुला गरेको छ। कम्पनीले कुल ९ लाख २४ हजार ७६८ कित्ता साधारण सेयर आम लगानीकर्ताका लागि बिक्रीमा ल्याएको हो।
कम्पनीले निष्कासन गर्न लागेको कुल ११ लाख ५५ हजार ८६० कित्ता सेयरमध्ये ५ प्रतिशत अर्थात् ५७ हजार ७८८ कित्ता सामूहिक लगानी कोषलाई बाँडफाँट भइसकेको छ। त्यस्तै, १० प्रतिशत अर्थात् १ लाख १५ हजार ५४६ कित्ता वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि श्रम स्वीकृतिको आधारमा निष्कासन गरी प्रि–अलोटमेन्ट सम्पन्न भइसकेको छ। यसै गरी, ५ प्रतिशत अर्थात् ५७ हजार ७८८ कित्ता सेयर कम्पनीका कर्मचारीका लागि सुरक्षित राखिएको छ। बाँकी सेयर सर्वसाधारण लगानीकर्तालाई खुला गरिएको हो।
बुक बिल्डिङ प्रणालीमार्फत योग्य संस्थागत लगानीकर्तालाई ७ लाख ७० हजार ६४० कित्ता सेयर बाँडफाँट गर्दा प्रतिकित्ता ९१२ रुपैयाँ कटअफ मूल्य निर्धारण भएको थियो। सो मूल्यमा १० प्रतिशत छुट दिँदा सर्वसाधारणका लागि प्रतिकित्ता ८२० रुपैयाँ ८० पैसामा आइपिओ उपलब्ध गराइएको छ।
आइपिओमा आवेदन दिन न्यूनतम ५० कित्ता र अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सकिनेछ। आवेदन अवधि पुस ११ गतेसम्म रहनेछ।
यस आइपिओको निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत आस्बा सदस्य बैङ्क तथा वित्तीय संस्था, तिनका तोकिएका शाखा कार्यालय तथा ‘मेरो शेयर’ प्रणालीमार्फत सि–आस्बा प्रयोग गरी आवेदन दिन सक्नेछन्।
आज बाट रिलायन्स स्पिनिङ मिल्सको आइपिओ खुला
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
0%
0%
0%
0%
0%
