धितोपत्र बजारमा १३.८८ अङ्कको गिरावट, नेप्से २५८१.२१ को विन्दुमा


धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १३ दशमलव ८८ अङ्कले घटेर २५८१ दशमलव २१ को विन्दुमा कायम भएको छ। यस्तै सेन्सेटिभ परिसूचक २ दशमलव २५ अङ्कले घटेर ४४६ दशमलव ०१ को विन्दुमा पुगेको छ ।

आज कूल ३३२ कम्पनीहरूका ९१ लाख ६७ हजार ३५९ कित्ता शेयर रु. ३ अर्ब ५१ करोड ५९ लाख ३० हजार ७१८ मा खरिद बिक्री भए ।

कारोबार भएका कूल १३ उपसमूहहरू मध्य ट्रेडिङ उपसमूह २१.६४ अङ्कले बढेकाे छ । यता, बैङ्किङ उपसमूह ४ दशमलव ७७ अङ्कले घट्दा विकास बैङ्क उपसमूह २० दशमलव २१ अङ्कले, वित्त उपसमूह ३ दशमलव ५७ अङ्कले, होटेल तथा पर्यटन उपसमूह ८६.९६ अङ्कले, जलविद्युत उपसमूह २१.८९ अङ्कले, लगानी उपसमूह उपसमूह शून्य दशमलव ९९ अङ्कले, जीवन बिमा उपसमूह १३२.३९ अङ्कले, उत्पादन उपसमूह २६.९३ अङ्कले, लघुवित्त उपसमूह २२.३६ अङ्कले, सामूहिक लगानी कोष शून्य दशमलव ०१ अङ्कले, निर्जीवन बिमा ४८.९४ अङ्कले र अन्य उपसमूह १५.९९ अङ्कले घटेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x