समृद्धि फाइनान्स कम्पनी लिमिटेड र पोखरा फाइनान्स कम्पनी लिमिटेड एक आपसमा गाभिने भएका छन्। दुवै कम्पनी १ः१ को शेयर स्वाप रेसियोमा मर्जरमा जान सहमत भएका हुन्।
गत साउन ४ गते दुवै कम्पनीबिच मर्जरसम्बन्धी समझदारी पत्र (एमओयू) मा हस्ताक्षर भएपछि गठन गरिएको संयुक्त मर्जर समितिले दुई संस्थाको सम्पत्ति, दायित्व र समग्र कारोबारको मूल्याङ्कन गरेको थियो। सो मूल्याङ्कनका आधारमा समितिले १ः१ को शेयर स्वाप रेसियो प्रस्ताव गरेको हो।
मर्जर समितिले तयार पारेको प्रस्ताव दुवै कम्पनीका सञ्चालक समितिमा पेस गरिएकोमा समृद्धि फाइनान्स कम्पनी लिमिटेडको पुस २० गते बसेको सञ्चालक समिति बैठकले उक्त शेयर अनुपातमा पोखरा फाइनान्ससँग मर्जरमा जाने निर्णयलाई स्वीकृति दिएको छ।
अब मर्जर प्रक्रिया नेपाल राष्ट्र बैङ्क तथा सम्बन्धित नियामक निकायबाट आवश्यक स्वीकृति प्राप्त भएपछि औपचारिक रूपमा अगाडि बढाइने कम्पनीहरूले जनाएका छन्।
समृद्धि र पोखरा फाइनान्स मर्जरमा जाने, १ः१ शेयर स्वाप रेसियो तय
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
0%
0%
0%
0%
0%
