ग्लोबल आइएमई बैङ्क लिमिटेडले आफ्नो स्थापनाको १९औँ वार्षिकोत्सवका अवसरमा बैङ्कमा १५ वर्ष सेवा पुरा गरेका १७५ कर्मचारीहरूलाई सम्मान गरेको छ ।
बैङ्कद्वारा आयोजित एक विशेष कार्यक्रमका बिच ग्लोबल आइएमई बैङ्क तथा नेपाल उद्योग वाणिज्य महासघंका अध्यक्ष चन्द्रप्रसाद ढकालको प्रमुख आतिथ्यमा १५ वर्षदेखि निरन्तर बैङ्कमा सेवारत कर्मचारीहरूलाई सम्मान गरिएको हो ।
काठमाडौँमा आयोजित विशेष समारोहबिच बैङ्क सञ्चालक समितिका अध्यक्ष ढकाल लगायत सदस्यहरू राधेश पन्त, रामबहादुर भण्डारी, कृष्णप्रसाद शर्मा, मदनलाल जोशी र नारायणप्रसाद पौडेल, प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी र नायव प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेलले संयुक्त रूपमा खादा र सम्मान पत्र प्रदान गरी कर्मचारीहरूलाई सम्मान गर्नुभएको हो ।
सम्मान समारोहमा सम्बोधन गर्दै अध्यक्ष ढकालले ग्लोबल आइएमई बैङ्कले मर्जर र व्यवसाय विस्तारसँगै बैङ्कको गुणस्तर वृद्धिलाई ध्यानमा राखेर बैङ्कको सेवालाई थप प्रभावकारी र प्रविधिमैत्री बनाउने बताउनुभयो ।
उहाँले १९ वर्ष पहिले १९औँ वाणिज्य बैङ्कको रूपमा स्थापना भएको यस ग्लोबल आइएमई बैङ्कले स्थापनाको १९ वर्षमा नै आफूलाई अधिकांश वित्तीय सूचकहरूमा अब्बल बनाउन सफल रहेको बताउनुभयो ।
उहाँले बैङ्क वा कुनै पनि संस्था सफल हुनका पछाडि नेतृत्वका साथै सम्पूर्ण टिमको सहकार्य, मिहिनेत र लगनशीलताको उत्तिकै महत्त्व हुने बताउँदै सम्पूर्ण कर्मचारीहरूलाई अझ लगनशील भएर आफ्नो कर्तव्य पालना गर्न आग्रह गर्नुभयो ।
अध्यक्ष ढकालले ग्लोबल आइएमई बैङ्कलाई उत्कृष्ट बैङ्क बनाउन आफ्नो तर्फबाट पुर्याउनु भएको विशेष योगदानप्रति सबै कर्मचारीहरूलाई धन्यवाद समेत प्रकट गर्नुभयो ।
यसै गरी, बैङ्कका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले बैङ्कले आफ्नो सेवालाई नविनतम् तथा ग्राहकमैत्री बनाउँदै अहिलेको डिजिटल युगमा समयसापेक्ष सेवा दिने गरी लक्ष्य निर्धारण गरेर अगाडि बढेको बताउनुभयो ।
बैङ्कका नायव प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेलले बैङ्कले आगामी वर्षहरूमा ग्राहकको सेवा र सन्तुष्टिलाई ध्यानमा राख्दै अझ गुणस्तरीय बैंकिङ्ग सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
ग्लोबल आइएमई बैङ्क ख्यातिप्राप्त विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरूबाट फरक फरक विधामा सम्मानित भएको छ । बैङ्कले बैङ्क अफ द इयर २०१४, वेस्ट इन्टरनेट बैङ्क २०१६, वेस्ट बैङ्क नेपाल २०२४ र २०२५, युरो मनी अवार्ड फर एक्सलेन्स २०२२, २०२४ र २०२५, वेस्ट बैङ्क ईएसजी नेपाल २०२४, वेस्ट इम्प्लोयर जस्ता प्रतिष्ठित अवार्डहरू प्राप्त गरिसकेको छ ।
ग्लोबल आइएमई बैङ्क देशका ७७ वटै जिल्लामा शाखा सञ्जाल भएको निजी क्षेत्रको पहिलो वाणिज्य बैङ्क हो ।
बैङ्कका ३५२ शाखा कार्यालय, ३८४ एटिएम, १५० शाखारहित बैङ्किङ सेवा, ६८ एक्सटेन्सन तथा राजस्व सङ्कलन काउन्टर र ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसहित १,००० भन्दा बढी सेवा केन्द्रमार्फत ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्दै आएको छ ।
बैङ्कले रेमिटेन्स सेवामार्फत नेपाली नागरिकहरूलाई विश्वभरबाट आर्थिक सेवा उपलब्ध गराउँदै आएको छ । अमेरिका, बेलायत, क्यानडा, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, युएई, बहराइन, कुवेत, भारत र जोर्डनजस्ता देशहरूबाट बैङ्कले रेमिटेन्स सेवा सञ्चालन गर्दै नेपालमा आर्थिक समृद्धिमा योगदान पुर्याउँदै आएको छ ।
ग्लोबल आइएमई बैङ्कको १९औँ वार्षिकोत्सवका अवसरमा १७५ कर्मचारीलाई सम्मान
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0.00%
0.00%
0.00%
0.00%
100.00%
0.00%
