प्रजातन्त्र दिवसको अवसरमा टेलिकमले भ्वाइस ओभर एलटीई (VoLTE) कल निःशुल्क प्रदान गर्ने



ज्ञानमाण्डू। (२०७८ फागुन ७ गते) मनाइने ७२औं राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा नेपाल टेलिकमले भ्वाइस ओभर एलटीई अर्थात भोल्टी (VoLTE) कल निःशुल्क प्रदान गर्ने भएको छ भने एमपोस (MpoS) बाट गरिने रिचार्जमा डाटा बोनस उपलब्ध गराउने भएको छ । सो अफर भोलि एक दिनका लागि उपलब्ध हुने टेलिकमले बताएकाे छ ।

नेपाल टेलिकमले हालै व्यावसायिक सञ्चालनमा ल्याएको भ्वाइस ओभर एलटीई अर्थात भोल्टी (VoLTE) सेवामा भोलि कम्पनीको नेटवर्कभित्र भोल्टी कल निःशुल्क उपलब्ध हुने जनाएकाे छ ।

साथै, सोही अवसरमा भोलि फागुन ७ गते एमपोसबाट गरिने रु. २०० देखि रु. ४९९ सम्मको रिचार्जमा ५१२ एमबी डाटा र रु. ५०० वा सोभन्दा माथिको रिचार्जमा १०२४ एमबी डाटा वोनसको रुपमा निःशुल्क उपलब्ध हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x