एसियन लाईफको पूँजी संरचनामा अब सर्वसाधारणको हिस्सा कति ?

ज्ञानमाण्डू।एसियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आगामी २०७८ साल श्रावन ३१ गते, आइतबारका दिन १२ औँ वार्षिक साधारण सभा गर्ने भएको छ । इन्स्योरेन्सको श्रावन ७ गतेका दिन बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार उक्त सभाको मिति तय भएको हो ।

इन्स्योरेन्सको वार्षिक साधारण सभामा सञ्चालक समितिको तर्फबाट प्रस्तुत आर्थिक वर्ष २०७५/०७६ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गरिने छ । यसका साथै आर्थिक वर्ष २०७५/०७६ को लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरू छलफल गरी पारित गरिने एजेण्डा कम्पनीको रहेको छ ।

विशेष प्रस्ताव तर्फ सभाले कम्पनीको पूँजी संरचनामा रहेको संस्थापक र सर्वसाधारण शेयर समूहको बिद्यमान ७०:३० को शेयर अनुपातलाइ ६० प्रतिशत संस्थापक र ४० प्रतिशत सर्वसाधारण शेयरमा परिणत गर्न प्रबन्धपत्रकोदफा ६(२) संशोधन गर्ने प्रस्ताव पारित गर्नेछ।

त्यस्तै विशेष प्रस्तावहरुमा, एसियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले प्रवन्धपत्र र नियमावलीको संशोधनहरुमा नियमनकारी निकायहरुबाट कुनै फेरवदल, थपघट गर्न निर्देशन वा सुझाव भएमा सोही वमोजिम गर्न संचालक समितिलाई अख्तियारी प्रदान गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

१२ औँ वार्षिक साधारण सभा प्रयोजनका लागि एसियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मिति २०७८/०४/१७ गतेका दिन एक दिनका लागि संस्थाको शेयरधनी दर्ता किताब बन्द(बुक क्लोज) रहने जनाएको छ । यस अर्थ मिति २०७८/०४/१६ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा कारोबार भई प्रचलित कानून बमोजिम संस्थाको शेयर रजिष्ट्रारमा प्राप्त विवरणको आधारमा कायम शेयरधनीहरु मात्र वार्षिक साधारण सभामा भाग लिन योग्य हुने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x