Japan Money Express (JME) र जि.एम.इ रेमिट प्रा.लि बिच विप्रेषण सेवा सम्बन्धी सम्झौता



ज्ञानमाण्डू। जापानको ख्याति प्राप्त रेमिटान्स कम्पनी Japan Money Express (JME) र जि.एम.इ रेमिट प्रा.लि बिच विप्रेषण सम्झौता भई कारोबार सुरु भएको छ । अब जापानमा रहेका नेपालीहरुले Japan Money Express (JME) को सेवा प्रयोग गरी जि.एम.इ रेमिटको माध्यमबाट सजिलै सँग नेपालमा रहेका आफ्ना आफन्तहरुलाई पैसा पठाउन सक्नेछन् ।

नेपालमा जि.एम.इ रेमिट सँग आबद्ध १५,००० भन्दा बढी एजेन्टहरुबाट सजिलै नगद भुक्तानी लिन सकिनेछ र वर्षको ३६५ दिन नै JME मार्फत पठाएको रकम Real Time मा नेपालको जुनसुकै बैंकको खातामा जम्मा भई तुरुन्तै रकम झिक्न मिल्ले ब्यवस्था रहेको कुरा कम्पनीले जनाएको छ । 

उक्त सम्झौतामा जि.एम.इ रेमिट प्रा.लि को तर्फबाट प्रमुख कार्यकारी अधिकृत दिवाकर पौडेल र Japan Money Express (JME) को तर्फबाट President अजीब गुरुङ्ग (Ajeeb Gurung) ले संयुक्त रुपमा हस्ताक्षर गर्नुभएकोछ ।

जि.एम.इ रेमिट प्रा.लि ले आफ्ना ग्राहकहरुलाई निरन्तर सेवा प्रदान गर्दै विप्रेषण क्षेत्रमा छोटो समयमा नै आफ्नो छुट्टै पहिचान बनाई सफलता हाँसिल गर्न सफल भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x