नेरूडे लघुवित्तकाे नाफामा २७.८ प्रतिशतकाे वृद्धि, खुद ब्याज आम्दानीमा ८ प्रतिशतकाे वृद्धि

Nerude Laghubitta Bittiya sanstha Limited

ज्ञानमाण्डू। नेरूडे लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफा २७.८ प्रतिशतले बढेकाे छ । आ.व. २०७७/७८ को चौथो त्रैमास सम्ममा लघुवित्तले १८ कराेड २३ लाख रुपैयाँ नाफा कमाएको थियो भने आ.व. २०७८/७९ को चौथो त्रैमास सम्ममा लघुवित्तले २३ कराेड ३० लाख रुपैयाँ नाफा कमाएको देखिन्छ ।

६० करोड रुपैयाँ चुक्ता पुँजी रहेको नेरूडे लघुवित्तले ९ अर्ब ९८ करोड ५९ लाख रुपैयाँ कर्जा लगानी गरेको छ। त्यस्तै, नेरूडे लघुवित्तले ५ अर्ब २० करोड ६८ लाख रुपैयाँ सापटी लिएको छ भने जगेडा कोषमा ७९ करोड १४ लाख रुपैयाँ रहेको छ।

नेरूडे लघुवित्तको व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी ८ प्रतिशतले बढेर ६१ करोड २८ लाख रुपैयाँ पुगेको छ । लघुवित्तमा निष्क्रिय कर्जा अनुपात ९.७ प्रतिशत छ । लघुवित्तको प्रतिशेयर आम्दानी ३८ रुपैयाँ ८३ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ २३१ रुपैयाँ ९१ पैसा छ र पछिल्लाे काराेबार मूल्य रू १०७४ काे आधारमा मूल्य आम्दानी अनुपात २७.६ गुणा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x